Suvadin, Home

केे हाे भर्जिनिटी?
सुहागरातमा भर्जिनिटी टेष्ट, फेल भएमा डिभोर्स !

उत्तरी अफ्रिकाको ट्युनीशिया साज्य महिलाका लागि उदार राज्य मानिन्छ।  त्यही राज्यमा धर्म संस्कारको कारण विवाह भन्दा पहिले भर्जिन (कुमारीत्व भंग भएकाे हुनु हुँदैन) रहनु पर्ने बाध्यता छ।
सांकेतिकत तस्बिर।

कठमाडौं असार ६ -उत्तरी अफ्रिकाको ट्युनीशिया साज्य महिलाका लागि उदार राज्य मानिन्छ।  त्यही राज्यमा धर्म संस्कारको कारण विवाह भन्दा पहिले भर्जिन (कुमारीत्व भंग भएकाे हुनु हुँदैन) रहनु पर्ने बाध्यता छ।

सुहागरातमा  भर्जिनिटी बेक्र भएको थाहा पाए सम्बन्ध बिच्छेद गर्ने डर हुन्छ। 

ट्युनीशियालि समाज एक खला समाज हो त्यहाँ सामाजिक रुढिवादी परम्परा धेरै छ जसलाई हाम्रो आधनिक समाजमा स्वीकार्न सक्दैनौं। महिलाको कामुकता र उनीहरूको स्वतन्त्रताको हकमा आधुनिकतामा अगाडि बढ्न सकेको छैन्। ट्युनीशियाका समाजशास्त्री सापमया एलु्मिले भने। 

केे हाे भर्जिनिटी?

विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ। यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि पाइन्छ। विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ। यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ । यसका लागि अंग्रेजी शब्द भर्जिन प्रयोग गरिन्छ।

कुनै पनि व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो। अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ।

केटीका लागि कुमारित्व र केटाका लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो। लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा हात तथा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ।

जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो। धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ।

त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरा विभिन्न परिस्थितिमा भर पर्ने गरेको पाइन्छ।

योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ। यही योनिद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ। यसलाई योनिच्छद भनिन्छ। पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन।

कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ।

महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पनि अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेको वा नराखेको भन्न नसकिने स्थितिमा पुगेको छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ।

 


 

More form the Internet

loading...