Suvadin, Home

Cover Image

 बिहानै उठ्दा फाइदा कि नोक्‍सान ? के सबैले सबेरै उठ्नुपर्छ ?

बीबीसी । सानैबाट हामीलाई भन्ने गरिन्छ कि सफल हुनु छ भने बिहानै उठ्नुपर्छ । बिहानै उठ्दा बढी काम हुन्छ । सेलिब्रेटी र ठूला–ठूला कम्पनीहरुका सीईओ पनि यस्तै गर्छन् । बिहानै उठ्दा स्वास्थ्य पनि राम्रो हुने र मन खुुसी हुनुका साथै जीवनमा नियन्त्रण रहन्छ पनि भन्ने गरिन्छ ।  

सफलता त्यस्तो दिनचर्या खोज्नुमा छ जो तपाईं अनुकूल होस् । यहाँ केही सर्वकालिक टिप्सहरु छन्, जसले तपाईंलाई निद्राबाट उठ्ने सही समय तय गर्न मद्दत गर्न सक्छ ।

चाँडै उठ्नुका फाइदा के हुन् ? 

जो व्यक्ति चाँडै उठ्छन् तिनीहरुका नजरमा यसका केही फाइदा भने अवश्य पनि छन् । बिहानको समयमा ध्यान भड्काउने कुराहरु कम हुने केही मानिसहरुको भनाइ छ । घरका बालबालिका अथवा अन्य मानिसहरु सुतीरहेका हुन्छन् । बिहानको समयमा म्यासेज र ईमेल पनि कम आउने गर्दछन् । 

एप्पलका सीईओ टिम कुक बिहानले आफू सधैँ बिहान पौने चार बजे उठ्ने गरेको र क्यालिफोर्नियामा रहेर पनि पूर्वी तटमा रहने आफ्ना सहकर्मीभन्दा अगाडि नै ईमेल हेर्न सुरू गरिसक्ने आफ्नो दैनिकीका बारेमा जानकारी दिएका छन् ।  क्यालिफोर्नियामा बिहानको ३ः४५ बज्दा अमेरिकाको पूर्वी तटमा ६:४५ बजिरहेको हुन्छ । ओप्रा विनफ्रे हरेक बिहान ६ बजेर २ मिनेटमा उठ्छिन् । ध्यान र व्यायाम गरेपछि उनी बिहान ९ बजेबाट कामको सुरुवात गर्छिन । 

हलिउड स्टार मार्क वालबर्ग सबैभन्दा बढी हैरान गर्दछन् । उनी रातको अढाई बजे नै निद्राबाट व्युझिन्छन् । कसरत गर्छन्, गल्फ खेल्छन्, प्राथना गर्छन् र माइनस १०० डिग्री तापक्रमयुक्त क्रायोच्याम्बरमा केही समय बिताउँछन् । 

केही अध्ययनहरुमा बिहानै उठ्नु र सफलता हासिल गर्नुमा सम्बन्ध रहेको सुझाव पनि दिइएको छ । बिहानै उठ्ने व्यक्तिको पारम्परिक कर्पोरेट सेड्युलका साथ राम्रो तालमेल रहने र उनीहरु सक्रिय व्यक्तित्व भएका मानिसहरुमा गणना हुन्छन् । स्कुल–कलेजमा उनीहरुको ग्रेड राम्रो हुनुका साथै जागिरमा पनि राम्रो तलब मिल्न सक्छ । 

प्राकृतिक रूपमा बिहान सबेरै निद्राबाट व्युझिन नसक्नेहरुले केही रणनीतिहरु अपनाउन भने सक्नछन् । बिहान कसरत गर्दा र जति सक्दो चाँडै सूर्यको किरणको सम्पर्कमा आउँदा मेटाबालिज्म बढ्द छ भने शरीरलाई गरम राख्न सघाउँछ । जसका कारण शरीरमा स्फूर्ति आउँछ ।  

तर अलार्म घडीको मद्दतमा ब्युझिनु सबैका लागि सफलसिद्ध भने हुँदैन । यदि तपाईं बिहानको व्यक्ति होइन र जबरजस्ती यस्तो बन्ने प्रयास गरिरहनुभएको छ भने तपाईंलाई नोक्सान पनि हुनसक्छ । 

के सबैले चाँडे उठ्न जरुरी छ ? 

छैन्, वास्तवमा छिट्टै उठ्दा तपाईं अधिक उत्पादक बन्न सक्नुहुन्छ वा हुँदैन भन्ने कुराको निर्धारण तपाईंको ‘जीन्स’ले तय गर्दछ । केही मानिसहरु जैविक रुपबाट बिहान बढी सजग हुने र केही मानिसहरुको सतर्कता रातमा बढी हुने गरेको कयौं अध्ययनहरुले देखाएका छन् । 
तपाईंको सतर्कता र दिमागी दक्षता दिउँसो पछि सबैभन्दा बढी हुने कुरा पनि सम्भव छ । जसको पुष्टि ‘नेचर कम्युनिकेसन्स’ नामक जर्नलमा हालै प्रकाशित एक अध्ययनले गरेको छ । 

सात लाखभन्दा बढी मानिसहरुको आंकडा हेरेपछि शोधकर्ताहरुले तीन सय ५० भन्दा बढी आनुवंशिक कारकहरुको पहिचान गरेका छन्, जसले मानिसले आफूलाई बिहान अधिक उर्जावान महसुस गर्दछ कि बेलुकी भन्ने कुरालाई देखाएको छ । सेम्पल साइजका आधारमा यो सबैभन्दा ठूलो शोध हो । यद्यपि यसको निष्कर्षहरुको पुष्टिका लागि अझै पनि अनुसन्धानको आवश्यकता छ । 

यसकारण यदि तपाईंमा प्राकृतिक रूपबाट बिहानको समयमा उर्जावान महसुस नहुँदा पनि चाँडै उठ्ने निर्णय गर्नुहुन्छ भने त्यसबाट तपाईंकालाई नोक्सान हुने निश्चित छ । केही मानिसहरुका लागि बिहान चाँडै निन्दाबाट ब्युझिनु भने निजी कारण हुन सक्छन् । 

बिहानै उठ्नु र काम सुरु गर्नुको अर्को कारण उत्साह र नौकरीबाट प्राप्त भएको सन्तुष्टि कारक हुन सक्ने म्यानचेस्टर युनिभर्सिटीमा वर्क साइकोलोजीका प्रोफेसर मेरिलीन डेविडसनको भनाइ छ । साना शिशुका आमा–बाबु र गैर–पारम्परिक घण्टामा काम गर्ने श्रमिकहरुसँग दिनको सुरुवात कति बेला सुरु गर्ने भन्ने कुराको कुनै विकल्प हुँदैन । मुख्य कुरा के हो भने केवल सबेरै उठ्दैमा कार्यालयमा तुरन्त सफलता भने मिल्दैन । 

के चाँडै उठ्दा नोक्सान पनि हुन सक्छ ? 

हो, यदि तपाईं सामान्य रूपमा चाँडै उठ्ने व्यक्ति होइन र उत्पादकता बढाउँनका लागि चाँडै उठ्ने प्रयास गरिरहनुभएको छ भने नोक्सान हुन सक्छ । अमेरिकामा जोन हापकिन्स युनिभर्सिटीका एसोसिएट प्रोफेसर रेचेल सलास निन्द्र सम्बन्धी विकारकी विशेषज्ञ हुन् । उनको भनाइ छ कि कुनै सीईओको देखासिखीमा यदि तपाईं हप्ताको दुईदिन बिहान ६ बजे उठ्ने प्रयास गर्नुहुन्छ भने तपाईंले आफ्नो शरीरसँग खेलवाड गरिरहनुभएको छ । 

पूरै रातभरी सुत्नु, हरेक राति एक निश्चित समयमा सुत्नु र तय गरिएको समयमा उठ्नु दुबै महत्वपूर्ण छ । बिहान सबेरै उठ्नका लागि निन्द्राको कटौती गर्नु स्वास्थ्यका लागि अत्यन्तै नोक्सान हुन्छ । निद्राको कटौती गर्नुको मतलब हो नकारात्मक प्रभावलाई निमन्त्रण दिनु हो । यसले एकाग्रता घट्ने, शरीरको तौल बढ्ने, मन बेचैन हुने, मुटुको बिरामी हुने र उच्च रक्तचापको खतरा पनि हुने गर्दछ । 

स्वयम्लाई चिन्नुस् ? 

बिहानै उठ्दा फाइदा हुनेहरुका लागि बिहानै उठ्नु ठिक छ तर उत्पादकता बढाउने भ्रममा परेर सबैका लागि मनोमानी ढंगबाट बिहान सबेरै उठ्नु फाइदा हुँदैन । मानिसलाई आफ्नो निन्द्राको बानीका बारेमा पहिचान गर्न आवश्यक छ । तपाईं पहिचान गर्नुस् कि दिनमा (अथवा रातमा) कुन समय तपाईंको उर्जाको स्तर सबैभन्दा राम्रो रहन्छ । सबैभन्दा महत्वपूर्ण कुरा हो– मस्तसँग निदाउनुस्, निद्रामा कटौती नगर्नुस् । बीबीसीबाट


 

More form the Internet

loading...