Suvadin, Home
Nepal life 3.22M

वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा

आर्य दि रिसोर्ट एण्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो। प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क निर्माणमा कूल रु ११ करोडको लगानी भएको छ।

पोखरा, चैत ३० – तालैतालको शहर पोखरामा पानीमा मनोरञ्जन लिने वाटर पार्क ‘बिग स्प्लास’ बिहीबारदेखि सञ्चालनमा आएको छ। 

आर्य दि रिसोर्ट एण्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो। प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क निर्माणमा कूल रु ११ करोडको लगानी भएको छ। 

पूर्णरुपमा प्रशोधित पानीको प्रयोग हुने स्प्लासमा बच्चादेखि वयस्कसम्मले पानीमा मनोरञ्जन लिन सक्ने गरी विभिन्न संरचना निर्माण गरिएको उनले जानकारी दिएका छन्। 

संस्थाका अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने पर्यटकलाई लक्ष्य गरी वाटर पार्क निर्माण गरिएको र यसले पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।


 

More form the Internet

loading...