Suvadin, Home

Cover Image

हिल चप्पल तथा जुत्ता लगाउँदा यस्ता दीर्घकालीन समस्या 

एजेन्सी । युवतीले लागि अग्ला हिल भएका चप्पल तथा जुत्ता लगाउनु फेसन नै भएको छ। शहरी क्षेत्रमा हिल चप्पल–जुत्ताको प्रयोग धेरै देखिन्छ ।

हिल भएका जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई ‘स्टाइलिस’ देखाउन खाज्छन्। अझ विशेषगरी कम उचाइ भएका युवतीहरू आफूलाई अग्लो देखाउन यस्ता अग्ला हिल जुत्ता–चप्पल लगाउने गर्छन् ।

यसरी प्रयोग गरिने जुत्ता–चप्पलले स्वास्थ्यमा विभिन्न खालका समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् ।

अग्ला हिल जुत्ता–चप्पलले तत्कालीन रूपमा कुनै असर नखिने गरेता पनि दीर्घकालीन रूपमा शरीरमा विभिन्न किसिमका समस्या सिर्जना हुने चिकित्सकको बुझाई छ ।

हिल लगाउँदा शरीरको सन्तुलन नमिल्ने विज्ञहरुको बुझाई छ । उनीहरुका अनुसार यस्ता अग्ला हिल लगाउँदा बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ। अप्ठ्यारो बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो भएका कारण यस्तो अवस्थामा लडेर चोटपटक लाग्ने तथा हात खुट्टा भाँचिने खतरा हुन सक्छ ।

क्षणिक सुन्दर देखाएता पनि लामो समयसम्म अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा स्वास्थ्यमा मात्र नभएर खुट्टामा समेत विभिन्न समस्या देखिन सक्छन्। जसले गर्दा खुट्टाको स्वरूप बिग्रिने, सुन्निने, लगातार खुट्टा दुख्ने, पैताला दुख्ने, खुट्टाको अगाडिको नसा र कुर्कुच्चा सुन्निने, नसामा समस्या आउने जस्ता समस्या देखिने चिकित्सकले बताएका छन्।

उनीहरुका अनुसार पैतालाको मांसपेशी तन्किएर दीर्घकालीन रूपमा नसा सम्बन्धी रोगको सम्भावना समेत बढ्ने गर्छ ।

अग्लो हिल लगाउँदा कालान्तरमा घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ। घुँडामा अतिरिक्त दबाब परेर ब्याक पेन, कम्मरको नसामा समस्या, मांसपेशीमा दुखाई जस्ता समस्या देखिने भएका कारण चिकित्सकहरुले यस्ता हिलको प्रयोग नगर्न सुझाएका छन् ।


 

More form the Internet

loading...