Suvadin, Home
Nepal life 2.601M

अाज विश्व टेलिभिजन दिवस, कस्तो–कस्तो टेलिभिजनको अनुभव बटुल्नु भयो?

नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो।

काडमण्डौं, ५ मंसिर – आज विश्व टेलिभिजन दिवस मनाइदैँछ। १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो। 

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो। नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो।


 

More form the Internet

loading...