Suvadin, Home

विश्वकै महंगाे जुत्ता, अाश्चर्यचकित बनाउने मूल्य

'रेड डाइमण्ड अबाया गाउन’ नाम दिइएको उक्त गाउनमा २ हजारभन्दा बढी हिरा जडित थिए भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो जसको मूल्य १ दशमलव ५४ करोड डलर राखिएको थियो।

काठमाडाैं, फागुन ७ – बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेकी छिन्। यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन्।

'रेड डाइमण्ड अबाया गाउन’ नाम दिइएको उक्त गाउनमा २ हजारभन्दा बढी हिरा जडित थिए भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो जसको मूल्य १ दशमलव ५४ करोड डलर राखिएको थियो।

हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ। साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ यसको मूल्य १ दशमलव ५१ करोड डलर राखिएको छ। 

यिनीहरु एउटै जुत्ताकाे मूल्य १२ दशमलव ८ लाख अमेरिकी डलर पर्दछ। यस जुत्ताको चेन र सोल सुनको छ। छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ।


 

More form the Internet

loading...