Suvadin, Home

Cover Image

होलिका दिन मानिषहरु बिच रहेको कटुता, दुश्मनि आदी भुलेर एकआपसमा खुसिका रङ्गहरु छर्ने गर्छन् ।
होली मेलमिलापको पर्व हो ।

होली  नेपाली  अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दु धर्म अनुरुप यो चाड प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पुर्णिमा दिन मनाइन्छ । यस पर्वलाई फागुन शुक्ल पुर्णिमामा मनाउने हुदाँ फागु पनि भनिन्छ । होलीको सम्बन्धमा पौराणिक भनाइ अनुसार सत्य युगमा नास्तिक हिरण्यकश्यपु नामक एक जना दानवको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान बिष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा बिष्णुका भक्त प्रह्लाद थिए ।  प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न हिरण्यकश्यपु कि बहिनी होलिकालाई जिम्मा लगायो र होलिका जसले अग्निले डढाउन नसक्ने बरदान पाएकि थिई र प्रह्लादलाई अग्नि कुण्डमा जालई मार्ने योजना अनुरुप त्यस अग्नि कुण्डमा होलिका आफै जलेर नष्ट थिइन् र त्यसै मान्यता आधारित भई होलिका दहनकै खुसियाली मनाउन  मानिषहरुले एक आपसमा बिभिन्न रङ्ग तथा अविर छरेर होली पर्व मनाउने परम्परा चलि आएको धार्मिक मान्यता रहेकोछ होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाई एक अर्कालाई रङ्गिन बनाउदै खुसि साटासाट गर्छन । साना-साना नानीबाबुहरूदेखि वृद्ध-वृद्धा सम्म सबै होलीको आन्नद लिने गर्छन् । युव-युवतीहरू बिभिन्न स्थानमा भेला भई बिभिन्न मनोरन्जनात्क सांस्कृतिक कार्यक्रमहरु गरी गाउँदै-नाच्दै होली खेल्छन् । होलिका दिन मानिषहरु बिच रहेको कटुता, दुश्मनि आदी भुलेर एकआपसमा खुसिका रङ्गहरु छर्ने गर्छन्नेपालमा पहाडी तथा हिमाली जिल्लमा अघिल्लो दिन र तराईका जिल्लामा भोलिपल्ट होली पर्व मनाउन नेपाल सरकारले सार्वजनिक बिदा दिदै आएको छ।  घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने होली पर्वले हिन्दुजनहरुमा बसन्त ऋतुलाई नै मख्ख बनाउन सहयोग गरिदिन्छ ।  फागुन शुक्ल अष्टमीको दिन काठमाण्डौको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

नेपालका सम्पुर्ण जिल्लाहरुमा मनाइने होली पर्व मानव जिवन शैलिमा आएका परिवर्तन संगै यसको शैलिमा पनि फराकिलो परिवर्तन देखिन थालेको छ । बिगत केहि बर्षलाई आधार मान्ने हो भने होली पर्व ठुला ठुला खुल्ला स्थानहरुमा देशकै नाम र प्रतिष्ठा आर्जन गरेका गित संगित क्षेत्रमा सेलिब्रेटिहरुलाई बोलाई नाचगान गर्ने, र ठूलो मासमा युवायुवतीहरु सेतो रङ्गको टिसर्ट लगाई बिभिन्न रङ्गहरु खेल्न उपस्थित हुने गरेको पाईन्छ । जसले गर्दा होली पर्व के साच्चै बिकृतीको निशानी तर्फ जादै छ ? भनेर बोध गराउँदछ । रङ्गहरुमा गरिने खर्च, एक दिन होलीकै लागी किनिके कपडाहरुमा हुने खर्च, युवाहरुले होलीलाई मनोरन्जनात्मक बनाउन बिभिन्न प्रकारका रक्सि तथा नसालु पदार्थमा गर्ने खर्चले आर्थिक पक्ष मात्र नभई सामाजिक, नैतिक पक्षलाई पनि असर पारिरहेको छ ।

त्यस मानेमा होली मनाउने सम्पुर्ण हिन्दु धर्मालम्बीहरुले होली पर्व लाई उल्लासपुर्ण बनाउनु अघि केहि साबधानीहरु अपनाउनु पर्ने हुन्छ ।

1.आफ्नो स्वस्थ स्थिति अनुरुप रङ्गको प्रयोग ।

होलीमा प्रयोग गरिने रङ्गहरुमा बिभिन्न केमिकलहरु रहेका हुन्छन् जसले हाम्रो छालालाई प्रत्यक्ष वा दिर्घकालिन असर पुर्याउन सक्छ त्सर्थ होलीमा रङ्ग छर्नु अघि आफ्नो छालाको स्थिति बारे बिशेष ध्यान पुर्याउनुहुन डाक्टरहरुको सल्लाह रहेको छ । युवाहरुले आफ्नो अनुहार तथा छालामा बनाउने चित्रहरुका केमिकल रहेले प्रतिकुल असर पुर्याउन सक्छ जस बारे सचेत रहनुहोस ।

2.कम खर्चिलो बनाउनुहोस ।

होली पर्व 365 दिनमा 1 दिन हुने हो भन्दै होलीका रङ्ग तथा अन्य मनोरन्जनात्मक सामाग्रीहरुमा ठुलो रकम खर्च नगर्नुहोस । होली पर्व सानो रकममा पनि साथिभाईहरु मिठामिठा कुराहरु गरेर, मिठामिठा परिकारहरु खायर वा बिभिन्न रमाईलो खेल खेलेर पनि मनाउन सकिन्छ । जसले गर्दा तपाईको पकेट खर्च टाईट हुनपाउदैन् ।

3.नसालु पदार्थको सेवन नगर्नुहोस ।

होली पर्वलाई हर्षउल्लास बनाउने बहाना बिभिन्न नसालु पदार्थको सेवन गर्ने गरेको पाईन्छ जुन करा समाजमा नराम्रो मानिन्छ। यस्तो पदार्थको उपयोगले तपाईको समाजमा छबि नराम्रो बनाउने तथा दुर्घटना निम्ताउन पनि सक्छ । भबिष्यलाई आकलन गर्दै यि नसालु पदार्थबाट टाढा रहि होली मनाउनु उपयुक्त मानिन्छ ।

4.संवेदनशिल अङ्ग जोगाउनुहोस ।

मानिषका संवेदनशिल अंगहरु जस्तै टाउको, आखा, नाग, कान लगायत का अङ्गहरु रङ्ग तथा दुषित पानीले क्षति पुर्याउन सक्ने हुदा तपाई तथा तपाई संग होली खल्ने साथिको बिशेष ध्यानदिनुहोस जसले गर्दा ठुलो पश्चताप नरहोस ।

5.कम होहल्ला र शान्तिपुर्ण बनुहोस ।

होलीखेल्ने क्रममा उत्तेजित भई मानिसहरु ठुलो होहल्ला गर्ने र जसले गर्दा झगडा नै हुने संभावना रहेको हुन्छ, यसले तपाईको नकारात्मक टिप्पणीलाई सगाउछ त्यसैले शान्तिपुर्ण रुपमा होलीको आन्नद लिने प्रयास गर्नुहोस ।  सामाजिक सद्भाभाव कायम गर्ने प्रयास गर्नुहोस ।

6.केटाकेटीलाई बिशेष ध्यानदिनुहोस ।

केटाकेटी उमेर नै उत्सुक्ताको उमेर र रमाईलो गर्ने उमेर हो जसले गर्दा केटाकेटीहरुको होली प्रतीको मोह बढ्दे छ तर केटाकेटीहरुलाई होलीमा प्रयोगहुने रङ्ग र ती रङ्गमा रहेका केमिकलको असर थाहा नहुन सक्छ त्सर्थ तपाई आफ्ना केटाकेटीलाई बिशेष ध्यान दिनुहोस ।

7.पानीका ठूला फोहोरा र लोलाको प्रयोग नगर्नुहोस ।

होली रङ्ग र पानी पर्व हो । पानीको प्रयोग गर्दा शुद्ध पानीको प्रयोग गर्नुहोस अन्यथा किटानुले आक्रमण गरि बिरामी बनाउन सक्छ। पानीका लोला बलुन बनाई अरुलाई हानु हुदैन जसले गर्दा टाउको लगायतका संवेदनशिल अङ्गहरुममा गम्भिर किसिमको चोट लाग्न सक्छ तपाई यस बाट जोगिनुहोस ।   

8.नसालु पदार्थको प्रयोग गरी सवारी नचलाउनुहोस ।

होलीमा रमाईलो गर्ने बहानामा बिभिन्न स्थानमा आवतजावत गर्ने गरिन्छ । सकभर तपाई नसालु पदार्थ सेवन नगर्नुस यदि गर्नु भएको खण्डमा सवारी साधन नचलाउनुहोस जसले ठुलो दुर्घटना निम्ताउन सक्छ ।

 

यसरी साबधानी अपनाई होली पर्व मनाउनु भएमा तपाई जिन्दगिमा फेरी नयाँ रङ्गहरु छरिनेछन्, तपाईले होलीको भरपुर मनिरन्जन लिनसक्नु हुनेछ, सामाजिक सद्भभाव कायम रहनेछ , तपाईसंग तापाईका सत्रु ठानिनेहरु पनि नजिक रहेनेछन्, तपाईको परिवारमा आत्मियताले भरिनेछ, बसन्तले रङ्गिन नौलो सुरुवात गरिरहने छ ।

यहि छ होली 2075 को सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा हाम्रो शुभकामना  ।


 

More form the Internet

loading...