Suvadin, Home
Citizen Bank 438.3k

Cover Image

यामाहा आर १५ भर्सन ३ बाइक नेपाली बजारमा (रिभ्यू भिडियो) 

तेस्रो जेनेरेसनको आर १५ लाई विश्वभर उपलब्ध १५० सिसीका बाइकसँग तुलना गर्दा सबैभन्दा पावरफूल बनाउने प्रयास भएको छ। यसमा १५५ सिसी, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन जडान गरिएको छ। इन्धन कम खपत गर्ने फ्यूल इन्जेक्टेड प्रविधि प्रयोग गरिएको बाइकले १९.३ एचपी पावर र १५ एनएम टर्क दिन्छ। भर्सन दुईको तुलनामा टर्क समान रहेपनि पावर भने बढाइएको हो।

काठमाडौं, ९ पुस – यामाहा नेपालले १५५ सीसीको बहुप्रतिक्षित सुपर स्पोर्टस् बाइक आर १५ भर्सन ३.० भित्र्याएको छ। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस् बाइक आर १५ भर्सन ३ सार्वजनिक गरेको हो।

यामाहाको आर १५ को नयाँ भर्सनमा आएको याे मोटरसाइकल नेपाली बजारमा अहिले युवाहरूद्वारा सर्वाधिक रुचाइएको छ। नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ। जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ भीभीए र ‘असिस्ट एन्ड स्लिपर’ ए एन्ड एस क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ।

सन् १९९८ मा यामाहा आर १ लन्च भएपछि शुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर १५ भी ३ मा पनि त्यस्तै दमदार प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ। यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १० हजार आरपीएममा १९.३ पीएसको पावर र ८ हजार ५ सय आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ।

आर १५ को नयाँ संस्करणको रिभ्यू

आर १५ को नयाँ संस्करणमा ‘भीभीए सिस्टम’ समावेश गरेको छ। यसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ। यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ। त्यसैगरी ‘ए एन्ड एस क्लच’ ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ। कुल १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर १५ भी ३ लाई पूर्ण डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको छ। साथै ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्छ।

नयाँ संस्करणको आर १५ मा गरिएको परिवर्तन

तेस्रो भर्सनको आर १५ लाई आकर्षक लुक्स प्रदान गर्न केही कस्मेटिक परिवर्तन गरिएको छ। अलोय ब्हीलको साइज सानो बनाइएको छ। तर, स्पक संख्या बढाइएको छ। भर्सन दुईमा आर १५ साइडमा लेखिएको थियो जसकारण अगाडीबाट हेर्दा आर १५ प्रष्टसँग देख्न सकिदैनथ्यो। यामाहाले यो कमजोरीलाई सुधार गर्दै यसपटक अगाडीबाटै प्रष्ट देखिने गरी आर १५ लेखेको छ।

पहिलेको तुलनामा केही माथिल्लो भाग ह्याण्डल मुनी आर १५ लेखिएको छ। त्यस्तै यामाहाको लोगो पहिलेको तुलनामा केही तल राखिएको छ। अगाडीको साइड लाइट्स पहिले जस्तै गरी राखिएको छ तर केही माथी छ। लुक्स राम्रो बनाउन इन्धन ट्यांकीको आकार ठूलो देखाइएको छ तर यसमा ओरिजनल भर्सनको तुलनामा १ लिटर कम तेल अटाउँछ। पछाडीको सिट पनि भर्सन २ को तुलनामा केही होचो बनाइएको छ। टेल ल्याम्प राख्ने भागलाई थप स्पोर्टी बनाइएको छ।

तेस्रो जेनेरेसनको आर १५ ट्वीन एलइडी हेडलाइट्समा उपलब्ध छ। नयाँ हेडलाइट्स स्लीक छ। यसको डिजाइनले बाइकको तौल कम गर्न पनि मदत गरेको छ। बिपरित दिशाबाट आउने हावाको बहाव नियन्त्रण गर्न पनि यो डिजाइनले सहयोगी भूमिका खेलेको छ। एलइडी लाइट्सलाई बढी प्रकाश फाल्न सक्ने क्षमतामा विकास गरिएको छ। तर, बढी प्रकाश फाले पनि कम ब्याट्री खपत गर्ने प्रविधि प्रयोग गरिएको छ। अगाडीको फेसलाई भर्सन २ को तुलनामा यसपटक परिपक्क देखाउने प्रयास गरिएको छ।

तेस्रो जेनेरेसनको आर १५ लाई विश्वभर उपलब्ध १५० सिसीका बाइकसँग तुलना गर्दा सबैभन्दा पावरफूल बनाउने प्रयास भएको छ। यसमा १५५ सिसी, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन जडान गरिएको छ। इन्धन कम खपत गर्ने फ्यूल इन्जेक्टेड प्रविधि प्रयोग गरिएको बाइकले १९.३ एचपी पावर र १५ एनएम टर्क दिन्छ। भर्सन दुईको तुलनामा टर्क समान रहेपनि पावर भने बढाइएको हो। त्यस्तै ट्रयाक पफरमेन्सका लागि भर्सन ३ को क्लच सुपेरियर बनाइएको छ। यो बाइक भेराइबल भल्व अक्वासन भीभीए प्रविधिमा आधारित छ। यसले कम गति र बढी गतिमा बाइक दौडिदा इन्जिनलाई समान प्रेसरमा राखेर काम गर्न सघाउँछ। यो प्रविधिका कारण समान पावर महसुस गरी राइडर पनि आनन्द महसुस गर्न सक्छन्।

डिजिटल कन्सोलमा पनि विशेषता थपिएका छन्। भर्सन २ को आर १५ मा रहेको कन्सोल स्पोर्टी बाइकमा रहेमध्ये सबैभन्दा राम्रो ठहरिएको थियो। त्यसैले यसको बनावटमा खासै तोडमोड नगरी भर्सन ३ मा केही फिचर थपिएका छन्। आर १५ भी ३ को कन्सोलमा माइलेज, औषत इन्धन खपत, गियर सिफ्ट, डिजिटल टेकोमिटर र भिभिए इण्डिकेटर उपलब्ध छ। कन्सोलको बीच भागमा ठूलो स्पीड डिस्प्ले छ। डिजिटल फ्यूल इन्डिकेटर दायाँ भागमा देख्न सकिन्छ।

आर १५ भर्सन ३ मा अगाडी २८२ एमएम र पछाडी २२० एमएम ठूलो आकारको डिस्क ब्रेक जडान गरिएको छ। अगाडीको डिस्कको डायमिटर भर्सन ३ को तुलनामा १५ एमएम डायमिटर ठूलो हो। यद्यपी सबैले अपेक्षा गरेको एन्टी लक ब्रेकिङ सिस्टमलाई भने तेस्रो भर्सनमा राखिएको छैन। भारतले फेब्रुअरी २०१९ मा एबिएस सहितको आर १५ भर्सन ३ को सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

भर्सन ३ लाई अघिल्लोका तुलनामा लामो, अग्लो र चौडा बनाइएको छ। आर १५ भर्सन ३ को लम्बाई २० एमएम, चौडाई ५५ एमएम र उचाई ६५ एमएम बढाइएको छ। सिटको हाइट पनि १५ एमएम बढाईएको छ। सबै कुरामा बढोत्तरी गरेका कारण भर्सन २ को तुलनामा नयाँ बाइक ३ किलो बढी तौलको छ। नयाँ आर १५ भी ३ को प्रारम्भिक मूल्य चार लाख १९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।

यस मोडलको आकर्षक विशेषताहरू :

-आर१ र आर६ बाट प्रभावित डिजाइन र स्टाइल
-ब्युटी र स्पिडको संयोजनलाई झल्काउने ग्राफिक्स
-आर१ को झल्को दिने फ्रन्ट फेस
-एयरफ्लोलाई भिजुअल फर्म दिने फेरिङहरु
-पर्फमेन्स र ह्यान्डलिङलाई प्रतिविम्बित गर्ने सिलहट
-गियरबारे जानकारी दिने इन्डिकेटर
-एग्रेसिभ लुक भएको ककपिट र १८ प्रकारको सूचना दिने इन्स्ट्रयुमेन्ट कन्सोल


 

More form the Internet

loading...