Suvadin, Home

गुगलले बन्द गर्यो युट्युब गेमिङ एप

एजेन्सी । इन्टरनेट जाएन्ट गुगलले अन्ततः आफ्नो युट्युब गेमिङ एप पूर्ण रुपमा बन्द गरेको छ ।

गुगलका अनुसार अब गेमिङ सँग सम्बन्धित सामाग्रीहरु केवल युट्युबको मूख्य एपभित्रै रहनेछन् । अर्थात् गेमिंग एप अब युट्युब प्लेटर्फममा मात्रै चल्नेछ । गुगलले गत महिना नै युट्युब गेमिङ एपलाई युट्युबको मुख्य एपमै विलय गराउने घोषणा गरेको थियो ।

युट्युब गेमिङ एप सन् २०१५ मा एन्ड्रोइड र आइओएस दुबै प्लेटर्फममा सुरु भएको थियो । एप मात्र नभै वेबसाइट भर्सनमा पनि युट्युब गेमिङ एप लञ्च गरिएको थियो ।

गत वर्षको सेप्टेम्बरमा गुगलले एक घोषणा मार्फत सन् २०१९ को मार्चमा युट्युब गेमिङ एप बन्द गर्ने संकेत गरेको थियो । तर गत मार्चमा उक्त एप बन्द गरिएन । अन्ततः मे ३० मा युट्युब गेमिङ एपलाई एप्पलले युट्युबको मुखय एपमा बिलय गराएको छ ।

गुगलका अनुसार युट्युब गेमिङ एपका पुराना प्रयोगकर्ताहरुले अब आफ्नो सदस्यतालाई युट्युबको मुख्य प्लाटर्फममै एकिकृत गर्न सक्नेछन् ।

गुगलले पछिल्लो समयमा आफ्ना असफल तथा कम लोकपि्रय भएका प्रडक्टहरुलाई बन्द गर्ने क्रमलाई अघि बढाएको छ । त्यसक्रममा गुगलले एल्लो च्याट एप तथा इनबक्स बाइ जिमेल एपलाई पनि बनद गरिसकेको छ ।

यतिमात्र होइन करीब ५ करोड प्रयोगकर्ताको डाटा सुरक्षामाथि आक्रमण भएको खुलासा भएलगत्तै गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लसलाई समेत सदाको लागि बन्द गरिसकेको छ ।


 

More form the Internet

loading...