Suvadin, Home

Cover Image

 संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितता

काठमाडौं, जेठ ६ - संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । गीत–संगीतबाट उठेको रोयल्टीमा अनियमितता भएको भन्दै प्रश्न उठेको हो । 

आइतबार काठमाडौंमा बोलाइएको समाजको विशेष साधारणसभामा समाजकै पूर्व पदाधिकारीहरुले रोयल्टीबापत संकलन भएको रकम हिनामिना भएको भन्दै त्यसको जवाफ माग गरेका थिए ।

सुरेश अधिकारी अध्यक्ष भएका बेला आर्थिक वर्ष ०७४–०७५ मा उठेको रकममा २३ लाख रुपैयाँ हिनामिना भएको भन्दै प्रश्न उठेको हो । एक करोड १४ लाख रुपैयाँ रोयल्टी संकलन भएकोमा ९१ लाख रुपैयाँमात्रै देखिएको भन्दै बाँकी रकमबारे समाजका पूर्व पदाधिकारी तथा सदस्यहरुले प्रश्न उठाएका थिए । 

यता, समाजका कोषाध्यक्ष लोकराज अधिकारीले भने २३ लाखमा १० लाख रुपैयाँ पेस्कीमा र बाँकी १३ लाख रुपैयाँ भौतिक पूर्वाधारका सामग्री खरिदमा खर्च भएको दाबी गरेका छन् ।

 

 


 

More form the Internet

loading...