Suvadin, Home

'सान्मिगल बिट द हिट वेट्फेस्ट - २०१९' देशका विभिन्न शहरमा आयोजना हुँदै

कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान र दंगाली बोइको विशेष प्रस्तुती रहनेछ । जेठ २५ मा शुरु हुने कार्यक्रम देशका विभिन्न शहरमा असाढ २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

काठमाडौं, जेठ १६  - 'सान्मिगल  बिट द हिट वेट्फेस्ट २०१९' देशका विभिन्न शहरहरुमा आयोजना हुँदैछ । मिडले, सिम्फोनी र सङ्ग्स नेपालको प्रायोजनमा उक्त साङ्गितीक यात्रा हुन लागेको हो । कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान र दंगाली बोइको विशेष प्रस्तुती रहनेछ । जेठ २५ मा शुरु हुने कार्यक्रम देशका विभिन्न शहरमा असाढ २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

दमकको कनकाई पार्टी प्यालेसमा जेठ २५ र बिर्तामोडमा जेठ २७ गते दिउँसो २ बजेबाट सुरु हुनेछ । दमकमा जेठ ४ र बिर्तामोडमा ६ गते हुने भनिएको कार्यक्रम प्राविधिक कारणले सारिएको हाे। यता काठमाडौमा भने असाढ १८ गते आयोजना हुनेछ । 

बिशेष गरि युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको यो कार्यक्रमको लागि अहिलेबाटै टिकट खुल्ला भएकाे छ।   यस पटक गत बर्ष भन्दा विशेष व्यवस्थापनमा दर्शकलाई साङ्गितीक कार्यक्रमकाे आनन्द दिलाउन लागि परेको कार्यक्रम संयोजक विकाश कर्माचार्यले बताए ।

 

 


 

More form the Internet

loading...