Suvadin, Home

Cover Image

'जेलभित्र कैदीको क्याटवाक' 

हालै उनीहरूले नामै नसुनिएका डिजाइनरहरूको सिर्जना एड्रियानो मारे उच्च सुरक्षा कारागारमा प्रदर्शन गरे । छानाको स्थानमा काँडे बारले छोपिएको कारागारको आँगनमा उनीहरूले कैदीले बनाएका वस्त्रहरू लगाए ।

एजेन्सि, जेठ २२ - साओ पाउलो फेसन शोका मोडेलहरू नामी डिजाइनरहरूका वस्त्र लगाएर आकर्षक स्थानहरूमा क्याटवाक गर्न अभ्यस्त छन् । हालै उनीहरूले नामै नसुनिएका डिजाइनरहरूको सिर्जना एड्रियानो मारे उच्च सुरक्षा कारागारमा प्रदर्शन गरे।

छानाको स्थानमा काँडे बारले छोपिएको कारागारको आँगनमा उनीहरूले कैदीले बनाएका वस्त्रहरू लगाए। फेसन शोमा भाग लिन पाएका कैदी डिजाइनरहरूले कारागारका भित्ताहरूमा टाँसिएर बसेर एक अर्काको सिर्जनाको प्रशंसा गरे। कतिपय आफ्नो सिर्जना पुरा गर्न काम गर्दै थिए। ब्राजिली फेसन डिजाइनर गुस्ताभो सिल्भेस्ट्रले परिकल्पना गरेको यो कार्यक्रम तीन वर्षदेखि चलिरहेको छ।

यो कार्यक्रममा भाग लिने कैदीहरूका लागि तालिममा बिताएको हरेक १२ घण्टाको लागि एक दिन सजाय कम हुन्छ। धेरै जसो कैदीहरू लागू औषध ‌औसारपसार वा डकैतीका लागि सजाय पाएकाहरू हुन्। बिबिसिबाट 

 

 

 


 

More form the Internet

loading...