Suvadin, Home

Cover Image

साहित्यकार गगनसिंह थापाको पाँचौ कृति “उज्ज्वली” प्रकाशन हुँदै

सुदुरपश्चिम नेपालमा रहेको जातिय छुवाछुतमाथी लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारकाबिरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ। 

काठमाडाै‌, जेठ २७ - साहित्यकार/आख्यानकार गगनसिंह थापाकाे पाँचौ कृति “उज्ज्वली” प्रकाशन हुँदैछ । सुदुरपश्चिम नेपालमा रहेको जातिय छुवाछुतमाथी लेखिएको यस लघु-उपन्यासमा सामाजिक विभेद र कुसंस्कारकाबिरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ। 

उसाे त थापाका यसअघि प्रकाशित सोह्र सौगात (संयुक्त कथा सङ्ग्रह) र आख्यानहरु कर्णालीको छेउछाउ, मेरो मधुशाला र पू्र्खाको चिट्ठी कृतिलाई पाठकले रुचाईसकेका छन् । 

सुदुरपश्चिमको अछाम जिल्लामा जन्मेर कैलालीको कटाक्षमा लामो समय बसोबास गर्दै राजनीतिज्ञ, साहित्यकार र समाजसेवीको रुपमा परिचित तथा स्थापित एक सफल आख्यानकार पनि हुन् । उनका शब्द र सृजनामा श्रृङगारिकता मिसिएको पाईन्छ। कला, साहित्य र समाजलाई नजिकबाट बुझेका थापा आफैमा समाजसेवी पनि हुन् ।  

केही समय पहिले उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कृति कभर सार्बजनिक गर्दै चाडै कृति प्रकाशन गरि एक भब्य कार्यक्रमकोबिच बिमोचन गर्ने जानकारी दिएका थिए । 

 


 

More form the Internet

loading...