Suvadin, Home

टिभी च्यानल बन्द गर्ने केबुल व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै मञ्चले उजुरी दर्ता गरेको जानकारी दिएको छ ।

काठमाडौं, असार १० - इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उपभोक्ता हित संरक्षण मञ्चले उजुरी दर्ता गरेको छ । मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।

इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै मञ्चले उजुरी दर्ता गरेको जानकारी दिएको छ ।

नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेको छ । च्यानलहरु मंगलबार दिउँसो तीन बजेपछि मात्र खुल्नेछन् ।

मञ्चले दर्ता गरेको उजुरीमा कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणमा अवरोध पुर्‍याएको भन्दै उनीहरुमाथि कारवाही गर्न माग गरिएको छ ।

 

 

 


 

More form the Internet

loading...