Suvadin, Home

Cover Image

बलिउड कलाकार र मिडियाका अगाडि नेपाली कलाकार र मिडियाले पाउलान् त समान हैसियत् ?
भारतको प्रतिष्ठित आईफा अवार्ड नेपालमा हुने, १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान

आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको थियो । बिहीबार बसेको समितिको पहिलो वैठकले आईफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जानकारी दिए । ‘५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाएर हामी आयोजकसँग उच्चस्तरीय वार्तामा बस्दैछौं,’ उनले भने ।

काठमाडौं, असार १२ - भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ ।

आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको थियो । बिहीबार बसेको समितिको पहिलो वैठकले आईफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जानकारी दिए । ‘५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाएर हामी आयोजकसँग उच्चस्तरीय वार्तामा बस्दैछौं,’ उनले भने ।

अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ ।  अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ । उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना सहभागी हुने सरकारको अनुमान छ ।

बलिउड कलाकार तथा प्राविधिकहरुको हवाई टिकट, होटल बसाई, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो पैसा लाग्ने छ । उनीहरुको आवतजावत, सुरक्षा तथा लजिस्टकका लागि नेपाल सरकारले सहयोग गर्नेछ ।

यसैबीच उच्चस्तरीय समितिका सदस्य चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड हुने लगभग तय भए पनि विविध विषय टुंगो लाग्न बाँकी रहेको बताए । ‘हामी चार महिनादेखि यसमा गृहकार्य गरिरहेका छौं । मौखिक रुपमा धेरै कुराहरु टुंगेका छन् तर, समझदारीमा हस्ताक्षर हुन बाँकी छ,’ उनले भने ।

नेपाली कलाकार र मिडियालाई कार्यक्रममा कसरी पहुँच दिने लगायतका विविध विषयमा नेपाली पक्षले आफ्ना अडान राख्ने उनले बताए । ‘बलिउड कलाकार र मिडियाका अगाडि हाम्रा कलाकार र मिडियाले समान हैसियत पाउनुपर्छ भन्नेमा हामी सचेत छौं,’ उनले भने ।

अवार्ड स्थान नेपाली सेनाको मुख्यालय

कमिटीले आईफा अवार्डको आयोजना नेपाली सेनाको मूख्यालय अगाडिको फूटबल चौरलाई छनोट गरेको छ ।

केही दिन अगाडि आईफाको एक टोलीले नेपालमा सम्भावित ‘भेन्यू’ हेरेको र त्यसमध्ये सेनाको कम्पाउन्डभित्रको चौरलाई मन पराएको बताइएको छ । बोर्ड अध्यक्ष भट्टराईका अनुसार कार्यक्रम आयोजनाका लागि आईफाले एउटा ‘डोम’ ल्याउनेछ, जसमा करिब पाँच हजार जना अटाउनेछन् ।

 

 



 


 

More form the Internet

loading...