Suvadin, Home

सम्पूर्ण तयारी पुरा
'मिस एण्ड मिस्टर हस्पिटालिटी'को काठमाडौं अडिसन शनिवार हुँदै

पर्यटन,होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको हो । 

काठमाडौं, असार १९ - नेपालमै फरक उद्येश्यसहित आयोजना भईरहेको 'मिस एण्ड मिस्टर हस्पिटालिटी प्रतियोगिता'को काठमाडौ अडिसन आउँदो शनिवार हुँदैछ । अडिसन हात्तिसारस्थित गसिप क्याफेमा हुनेछ । 

अडिसनका लागि सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसीले शुभदिनलाई बताईन् । काठमाडौको अडिसनमा २५० जना युवा-युवती सहभागि हुने र तीमध्ये ५० जना फाईनल अडिसनमा जाने केसीको भनाई छ । यस अडिसनलगत्तै पोखराको अडिसन शुरु हुने उनले जानकारी दिईन् ।

यसअघि असार १५ गते ईटहरीको अडिसन सम्पन्न भईसकेको छ । जसमा धरान, ईटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए । पर्यटन,होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम् तथा एभिएशन संकायमा अध्ययनरत विद्यार्थी र यसै क्षेत्रसँग आवद्ध १६ देखि २० वर्ष उमेर समूहका व्यवसायी समेतले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको फाईनल अडिसन काठमाडौमा साउन १ गतेबाट शुरु हुने जनाईएको छ । 


 

More form the Internet

loading...