Suvadin, Home

Cover Image

आइफा अवार्ड रोकिँदैनः कानुनमन्त्री ढकाल

केही मिडिया र सामाजिक सञ्जालले आत्मरतिमा रमाउँदै आइफा अवार्ड आयोजना नहुने भन्दै हल्ला गरिरहेको ढकालले आरोप लगाए। उनले भने ‘केही मिडियाहरूले आत्मरतिमा रमाएर विभिन्न खालका समाचार प्रकाशित  गरिरहेका छन्।’ उनले आइफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णयबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारे।

विराटनगर, असार २० – कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आइफा अवार्ड नरोकिने बताएका छन् । शुक्रबार मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको छलफलमा ढकालले आइफा अवार्ड कुनै पनि हालतमा नरोकिने बताएका हुन्।

केही मिडिया र सामाजिक सञ्जालले आत्मरतिमा रमाउँदै आइफा अवार्ड आयोजना नहुने भन्दै हल्ला गरिरहेको ढकालले आरोप लगाए । उनले भने ‘केही मिडियाहरूले आत्मरतिमा रमाएर विभिन्न खालका समाचार प्रकाशित  गरिरहेका छन्।’ उनले आइफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णयबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारे।

केही विज्ञ भनाउँदाहरूले कानुन निर्माणको ठेक्का नपाएकाले सरकारले संसदमा पेश गरेको विधेयकका विरुद्ध अफवाह फैल्याइ रहेको ढकालको आरोप छ। 


 

More form the Internet

loading...