Suvadin, Home

Cover Image

'मिस एण्ड मिस्टर हस्पिटालिटी'लाई हानको साथ, सहआयोजकको भूमिका निर्वाह गर्ने 

प्रतियोगिताको फाईनल कार्यक्रम साउन अन्तिम साता होटल अन्नपूर्णमा आयोजना गरिने सो अवसरमा जानकारी गराईयो । प्रतियोगितामा सहभागी मध्ये नेपालभरबाट ६० जना फाईनलका लागि छनोटमा परेका छन् । उनीहरुका लागि विशेष तालिम साउन पहिलो साताबाटै शुरु हुनेछ ।

काठमाडाै‌, असार २४ - शुभदिन मिडिया र होटल एशोसिएसन नेपाल(हान)बीच आज एक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमै पहिलो पटक फरक उद्येश्यसहित आयोजना भईरहेको 'मिस एण्ड मिस्टर हस्पिटालिटी' प्रतियोगिताको आगामी यात्रालाई लक्षित गर्दै सम्झौता गरिएको हो । 

सम्झौता अनुसार होटल एशोसिएसनले प्रतियोगिताको सहआयोजकारुपमा भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा शुभदिन मिडियाकी प्रबन्ध निर्देशक तथा 'मिस एण्ड मिस्टर हस्पिटालिटी' प्रतियोगिताकी संयोजक पूर्व मिस नेपाल सुगरिका केसी र होटल एशोसिएसन नेपाल (हान)का कोषाध्यक्ष विशाल कुमारले हस्ताक्षर गरे ।

सम्झौतामा एक-आपसमा पारिस्परिक हितलाई कायम राख्दै प्रतियोगिता सम्पन्न गरिने उल्लेख छ ।  सो अवसरमा हानका सिईओ टेक महत लगायतका हानका अन्य बोर्ड सदस्यको उपस्थिती थियो ।  

प्रतियोगिताको फाईनल कार्यक्रम साउन अन्तिम साता होटल अन्नपूर्णमा आयोजना गरिने सो अवसरमा जानकारी गराईयो । प्रतियोगितामा सहभागीमध्ये नेपालभरबाट ६० जना फाईनलका लागि छनोटमा परेका छन् । उनीहरुका लागि विशेष तालिम साउन पहिलो साताबाटै शुरु हुनेछ ।

प्रतियोगिताको सहआयोजक होटल एशोसिसन नेपाल (हान) देशभरीकै होटलको छाता संगठन हो । संगठनले हाल पहिलो पटक महिला अध्यक्ष पाएको छ । जसको जिम्मेवारीमा कुशल व्यवस्थापक सृजना राणा रहेकी छिन् । 


 

More form the Internet

loading...