Suvadin, Home

Cover Image

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे निर्माण सुचारु हुँदै

फाउण्डेसनले बिहीबार विज्ञप्ति जारी गरी निर्माणकार्य चाँडै सुरु हुने जनाएको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरोकारवाला सबै पक्षले पुनः सुरु गर्न आव्हान गरेकाले काममा फर्कने निर्णय गरिएको उल्लेख छ।

चितवन,असार २६ - केही समय अघिदेखि स्थगित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुचारु हुने भएको छ। निर्माणको नेतृत्व गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माणमा प्रतिबद्धता जनाएसँगै रोकिएको निर्माणका काम पुनः सुरु हुने भएको हो।

फाउण्डेसनले बिहीबार विज्ञप्ति जारी गरी निर्माणकार्य चाँडै सुरु हुने जनाएको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरोकारवाला सबै पक्षले पुनः सुरु गर्न आव्हान गरेकाले काममा फर्कने निर्णय गरिएको उल्लेख छ।

रंगशाला निर्माणस्थलको तारबार असन्तुष्ट केही स्थानीयले भत्काएपछि सुरक्षाको कारण देखाउँदै फाउण्डेसनले निर्माण स्थगित गरेको थियो।


 

More form the Internet

loading...