Suvadin, Home

सिनेमाघरले बुझाएनन् मनोरञ्जन कर

मनोरञ्जन कर २०७४ ऐन अनुसार सिनेमा घरले राजश्व तिर्नुपर्ने हुन्छ। ऐन निर्माण भएपछि काठमाडौं उपत्यकाको कुनै पनि सिनेमा घरले राजश्व नबुझाएको प्रवक्ता ईश्वरमान डंगोलले बताए। 

काठमाडौं, साउन १० - उपत्यकामा सञ्चालित सिनेमा घरले राजश्व नबुझाइकन दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको पाइएको छ। सिनेमा घरले प्रवेश शुल्कको पाँच प्रतिशत राजश्व बुझाउनु पर्ने हुन्छ। सिनेमा घरले विभिन्न बहाना बनाएर राजश्व महानगरलाई नबुझाएको महानगरले जनाएको छ। 

मनोरञ्जन कर २०७४ ऐन अनुसार सिनेमा घरले राजश्व तिर्नुपर्ने हुन्छ। ऐन निर्माण भएपछि काठमाडौं उपत्यकाको कुनै पनि सिनेमा घरले राजश्व नबुझाएको प्रवक्ता ईश्वरमान डंगोलले बताए। 

उनका अनुसार विभिन्न समयमा सिनेमा घरका सञ्चालकलाई पत्र काटिसक्दा पनि राजश्व बुझाएका छैनन्। महानगर पुनः पत्र काटेर जानकारी गराउने तयारीमा रहेको छ।
 

 


 

More form the Internet

loading...