Suvadin, Home

Cover Image

'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले साउन २४ गते

करिब डेढ महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा  काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । जसमा विभिन्न चरण पार गर्दै देशभरबाट ५० जना प्रस्पिर्धीहरु ग्रान्ड फिनालेमा पुग्न सफल भएका छन् । 

काठमाडाै‌, साउन १३ -  'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९'को ग्रान्ड फिनाले साउन २४ गते हुने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराईएको हो । शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने कार्यक्रम संयोजक एवम् पूर्व मिस नेपाल सुगरिका केसीले  जानकारी दिईन् । 

सरकारले आगामी वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९ को आयोजना गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पु-याउने प्रतिस्पर्धात्मक कार्यक्रमको मूल उद्देश्य रहेको केसीको भनाई छ ।  

यस्तै पर्यटन, होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति निमार्ण गर्नेका लागि पनि कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।होटल अन्नपूर्णमा गरिने ग्रान्ड फिनालेका अवसरमा उक्त दिन मौलिक खाना, पहिरन र भाषालाई प्रबद्र्धन गरिने छ ।

करिब डेढ महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । जसमा विभिन्न चरण पार गर्दै देशभरबाट ५० जना प्रस्पिर्धीहरु ग्रान्ड फिनालेमा पुग्न सफल भएका छन् । 

यसबीचमा ग्रान्ड फिनालेमा पुग्न सफल ५० प्रतिस्पर्धीहरुलाई विभिन्न विषय विज्ञहरुले नेपालको पर्यटन, यसका सम्भावना र चुनौतीका विषयमा ज्ञान, पर्यटन क्षेत्रलाई कसरी बढी प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा सिकाइ, हस्पिटालिटी क्षेत्रका दक्ष जनशक्तिमा हुनुपर्ने गुण तथा नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण दिइएको थियो । मिस एन्ड मिस्टर नेपाल २०१९ मा महिला तथा पुरुषबाट एक–एक जना विजेता बन्नेछन् । 
 

 विजेताले के पाउँछन् ?
१   एक–एक लाख नगद पुरस्कार
२  होटल एसोसिएसन नेपालको सदभावना दूत 
३    क्यान्सर केयर नेपालको सदभावना दूत 
४   युनिभर्सल पिस फेडेरेसनको शान्ति दूत 
५   एभरेष्ट फिल्म एकेडेमीबाट निशुल्क कोर्स
६    फ्लाई टेक इन्टरनेशनलबाट निशुल्क एयर होस्टेज तालिम
 

उपविजेताले के पाउँछन् ?

१    विभिन्न कलेज तथा ब्रान्डको ब्रान्ड एम्बेसेडर
२    नेपाल स्किन केयर सेन्टरको ब्रान्ड एम्बेसडर
३   टीभी, रेडियो तथा विभिन्न विज्ञानपनहरु मोडलिङ् गर्ने अवसर 
४    भिजिट नेपालका विभिन्न कार्यक्रमहरुमा नजिकबाट काम गर्ने अवसर पाउनेछन् । 

शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालीले विगत चार वर्षदेखि युवा सचेतना, नेतृत्व विकास र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको छ ।


 

More form the Internet

loading...