Suvadin, Home

Cover Image

’मिस एण्ड मिस्टर हस्पिटालिटी'को उपाधी प्रिया र प्रतिकरत्नलाई 

मुख्य निर्णायक सृजना राना, निर्णायकहरु शरद प्रधान, भोला बहादुर थापा, सनत न्यौपाने र डा.सन्ध्या चापागाईको टीमले जम्मा ४९ प्रतिस्पर्धी मध्येबाट टप १२/१२ छनोट गरी अन्तिम ५/५ जनाबाट विजेता घोषित गरेको हो । टप ५/५ प्रतिस्पर्धीलाई एउटा प्रश्न सोधिएको थियो । उत्कृष्ट जवाफ दिनेलाई नै विजेता घोषित गरिएको थियो ।

काठमाडाै‌‌, साउन २४ - ’मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल - २०१९' को उपाधी प्रिया धौवजन र प्रतिकरत्न तुलाधरले हात पारेका छन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार आयोजित ग्रान्ड फिनालेमा द्वय प्रतियोगिताको विजेता घोषित भएका हुन् । यस्तैगरी प्रतियोगितामा मिस फस्ट रनरअप पासाङ ल्हामु शेर्पा र मिस्टर फस्ट रनरअप फुर्पा शेर्पा घोषित भएका छन् । त्यस्तै मिस सेकेन्ड रनरअप अस्मिता सुनुवार र मिस्टर सेकेन्ड रनरअप सञ्जय नेपाल घोषित भएका हुन् । 

मुख्य निर्णायक सृजना राना, निर्णायकहरु शरद प्रधान, भोला बहादुर थापा, सनत न्यौपाने र डा.सन्ध्या चापागाईको टीमले जम्मा ४९ प्रतिस्पर्धी मध्येबाट टप १२/१२ छनोट गरी अन्तिम ५/५ जनाबाट विजेता घोषित गरेको हो । टप ५/५ प्रतिस्पर्धीलाई एउटा प्रश्न सोधिएको थियो । उत्कृष्ट जवाफ दिनेलाई नै विजेता घोषित गरिएको थियो ।

शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह–आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएकाे हो । कार्यक्रमको सञ्चालन निशा पाठकले गरेकी थिईन् । 

नेपाल भ्रमण वर्ष- २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई कार्यक्रमले टेवा पुर्याउनेमा विश्वस्त रहेको कार्यक्रम संयोजक पुर्वमिस नेपाल सुगरिका केसीले बताईन् । यस्तै नेपाली मौलिकताकाे प्रबर्द्धनसँगै नेपाली पर्यटन क्षेत्रमै नयाँ आयाम स्थापित गर्न यो कार्यक्रम गरिएको उनको भनाइ थियो ।

करिब दुई महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालीले विगत चार वर्षदेखि युवा सचेतना, नेतृत्व विकास र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको छ ।
 


 

More form the Internet

loading...