Suvadin, Home

'प्रचण्डले भाका फेरेपछि विप्लवलाई नाँच्‍ने फुर्सद छैन्'

काठमाडौं । झण्डै दश वर्ष अघि तत्कालिन नेकपा माओवादीले सिंहदरबार घेर्ने आन्दोलन गरिरहँदा त्यो समयमा नायिका रेखा थापा चर्चामा आइन्। भद्रकाली मन्दिर अगाडि तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘लालुपाते नुघ्यो भुइँतिर’ बोलको गीतमा नाँचेपछि रेखाको चर्चा एकाएक चुलियो।

यीनै रेखा केही समय अघि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेको खबर सार्वजनिक भएको थियो। रेखाले एक अन्तर्वातामा प्रचण्डलाई कटाक्ष गर्दै भनिन्, "नेकपामा गएपछि पुष्पकमल दाहाललाई खुब नाँच्‍न आउँदोरहेछ। मैले भाका बिर्सिएँ। किनकी तपाईंले धेरै भाका फेर्नुभयो।"

प्रचण्ड जनताका पक्षमा लडिरहँदा आफू समर्थन गर्न जाँदा धेरैले नजानु भनेर अवरोध पनि गरेका स्मरण गर्दै भनिन्, "त्यसको एक हप्ता पछि मेरो फिल्म रिलिज हुँदै थियो। तपाईंहरूलाई समर्थन गर्दा जनताको मनबाट बहिस्कृत हुने बेला थियो", रेखाले भनेकी छन्, "त्यो अवस्थालाई पनि वेवास्ता गर्दै क्रान्तिका नायक प्रचण्डलाई साथ दिन आएको थिएँ।"

उनले विप्लवलाई नाँच्‍ने फुसर्द नभएको दाबी गरिन्। "विप्लवलाई नाँच्न फुसर्द छैन। फुसर्द भएको भए तपाईंजस्तै उनी पनि सिंहरबारमा हुन्थे", रेखाले भनिन्, "तपाईंले सिकाएको तरबार चलाउने तरिकाबाट अहिले देश र जनताका लागि विप्लवले आवाज उठाईरहेका छन्। राजनीतिको तरबार हातमा आएपछि कसको गला आफ्नो र कसको गला पराईको भन्ने छुट्याउँदैन। तपाईंले त्यो तरबार नचाउन सिकाउनुभयो। जसरी तपाईं तरबार नचाउँदै हिड्नुभयो नि। त्यही तरबार आज अरुले नचाइरहेका छन्।"


 

More form the Internet

loading...