Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

आजबाट चलचित्र ‘बुलबुल’ प्रदर्शनमा

चलचित्र‘बुलबुल’बाट नै अभिनेता मुकुन भुषालले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए। उनी चलचित्रमा चोपेन्द्र नामको पात्रका रुपमा प्रस्तुत भएका छन्। फरक प्रचार शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको थियो। स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएको प्रचार सामग्रीलाई दर्शकले रुचाएका थिए। 

काठमाडौं,३ फागुन – फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा आएको छ। निर्माण युनिटले चलचित्र प्रचारका लागि नयाँ–नयाँ शैली अपनाएको थियो। फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा चलचित्रका धेरै दृश्य नदेखाई एउटै दृश्यबाट चलचित्रका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरिएकाे थियो।

चलचित्र‘बुलबुल’बाट नै अभिनेता मुकुन भुषालले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए। उनी चलचित्रमा चोपेन्द्र नामको पात्रका रुपमा प्रस्तुत भएका छन्। फरक प्रचार शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको थियो। स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएको प्रचार सामग्रीलाई दर्शकले रुचाएका थिए। 

चलचित्रको निर्देशन विनोद पौडेलले गरेका हुन्। ‘साँघुरो’का लेखकसमेत रहेका पौडेलको यो डेब्यू निर्देशन हो।  चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ। 

 


 

More form the Internet

loading...