Suvadin, Home

“स्टेप अप” को दोश्रो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक

डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको  प्रायोजनमा मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को  दोश्रो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ ।

डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको  प्रायोजनमा मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को  दोश्रो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ । साथै वाइल्ड कार्डबाट प्रतिस्पर्धामा प्रवेश गर्न सफल दुई प्रतिस्पर्धीहरुको समेत घोषणा गरिएको आयोजकले जनाएको छ ।

दोश्रो चरणको शीर्ष १० प्रतियोगीहरुमा उज्जवल/पुजा, मनिका गुभाजू, सुयाना जोशी, मानवी खड्गी, अपूर्वा कर्माचार्य, सृष्टि तामाङ्ग, पुजा श्रेष्ठ, ज्यास्मीन गिरी, जया श्रेष्ठ र सरस्ता अर्याल  रहेका छन् भने वाइल्ड कार्डबाट छनौट हुनेमा निश्चल भुजेल र एञ्जिला भुसाल रहेका छन् । यसअघि प्रतियोगिताको पहिलो चरणबाट छानिएका १० प्रतियोगीहरु समेत गरी कुल २२ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

“स्टेप अप” भर्चुअल नृत्य  प्रतियोगिताका विजेतालाई नगद रु २५ हजारसँगै गिफ्ट भौचरहरु पनि पुरस्कार स्वरुप प्रदान गरिनेछ ।  


 

More form the Internet

loading...