Suvadin, Home

Cover Image

'बारीको फूल टिप्न सकिन' भिडियो सार्वजनिक

नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ। मायालुलाई मायाको संसारमा सजाउनको लागि गायक निकै आतुर भएपनि विभिन्न बाध्यताले आफुबाट टाडा छोड्नु पर्दाको पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ।

काठमाडौं,६ फागुन- नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ”बारीको फुल “गीतको भिडियो बजारमा आएको छ। सार्वजनिक गीतमा करण राना मगर र गायिका सपना मगरको आवाज रहेको छ।

नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ। मायालुलाई मायाको संसारमा सजाउनको लागि गायक निकै आतुर भएपनि विभिन्न बाध्यताले आफुबाट टाडा छोड्नु पर्दाको पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ।

मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ। ”बारीको फुल “ गीतमा बुद्धविर थापा र शुशिला थापाको अभिनय रहेको छ। 

 


 

More form the Internet

loading...