Suvadin, Home

Cover Image

‘घायल बनायौ तिमीले’ अब बजारमा

काठमाडौँ, चैत २३ - चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका मल्लिका कार्कीको नयाँ सांगितिक कोशेली “घायल बनायौ तिमीले” सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय कलाकारद्धय राई र कार्कीको आवाजमा पछिल्लो समय प्रेमील सुरज इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो ।

निकै आकर्षक र मनोरम दृश्य झल्किएको उक्त गीतमा दिपक लामा र दिप्ती घम्जोको अभिनय छ । गीतमा प्रेम थापाको शब्दमा सिएल शर्माको संगीत रहेको छ । गीतको छायाकंन र निर्देशन सुरज खनालले गरेका छन् । गीत युट्यूबमा सुन्न र हेर्न सकिनेछ ।  


 

More form the Internet

loading...