Suvadin, Home

‘दर्शन नमस्ते–४’

काठमाडौं,चैत्र २८ – गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम 'दर्शन नमस्ते–४' सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित राईले राजधानीमा एक पत्रकार भेटघाटका साथ उक्त एल्बम सार्वजनिक गरिएको हो । एल्बमलाई वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापाले सार्वजनिक गरे ।

सयौं फिल्म तथा आधुनिक गीतमा स्वर भरिसकेका गायक राईको यो १९औँ एल्बम हो । नेपाली गायन क्षेत्रकै नक्षत्र मानिने राईको ‘दर्शन नमस्ते-२’ सार्वजनिक गर्दै प्रमुख अतिथि थापाले अझ सफलताका लागि शुभकामना व्यक्त गरे ।  एल्बम सार्वजनिक गर्दै थापाले भने, ‘राई इज किङको पाइलाले यसरी नै अटुट सफलता पाउँदै जाउन, शुभकाना।’

सार्वजनिक एल्बम ‘दर्शन नमस्ते–४’ मा ७ वटा गीत समावेस छन्। जसमा 'टाइटल' गीत नै ३ वटा रहेका छन्। अन्य मोहनी, केकी, तिमी बिना र यी दुःखहरु बोलका गीत समावेस छन्।

एल्बममा समावेस गीतहरुमा क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द रचना र उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ।


 

More form the Internet

loading...