Suvadin, Home

एक करोड ८० लाखको प्रियंकाको पहिरन 

मुम्बई । बलिउड र हलिउडका कलाकार कति कमाउँछन् भनेर ठ्याक्कै अनुमान गर्न गाह्रो हुन्छ। कहिलेकाहीँ उनीहरूको खर्च देखेर फ्यान आश्चर्यचकित हुन्छन्। यति बेला अभिनेत्री प्रियंका चोपडाका तस्बिर भाइरल बनेका छन्। उनी बिलबर्ड म्युजिक अवार्ड २०१९ मा सामेल हुँदाका तस्बिरले चर्चा पाएका हुन्।

प्रियंकाले उक्त समारोहमा सामेल हुँदा एक करोड ८० लाख भारतीय रुपैयाँ बराबरको पहिरनमा सजिएको समाचार सञ्चारमाध्यममा उल्लेख छ।

उक्त रकममा उनका लुगा, जुत्ता र गरगहनाको लागत जोडिएको छ। पेज सिक्स डटकमका अनुसार उक्त अवार्ड कार्यक्रममा प्रियंकाको स्टाइलबाट सबै चकित भए। उनले लगाएको हीराको इयररिङको मूल्य पाँच हजार ६ सय डलर र ब्रासलेटको मूल्य १२ हजार डलर पर्ने उल्लेख छ।

उनको घाँटी ११ हजार डलरको टिफनी तथा ५५ हजार अमेरिकी डलरको भिक्टोरियाको नेकलेसले सजिएको थियो। साथै उनी एक लाख ६५ हजार डलर पर्ने डायमन्ड नेकलेसले निकै खुलेकी थिइन्।

३६ वर्षीया प्रियंकाको पहिरनले सबै दंग छन्। यसले पनि बलिउड कलाकार कति कमाउँछन् र कति खर्च गर्छन् भनेर अनुमान गर्न गाह्रो छ। –एजेन्सी


 

More form the Internet

loading...