Suvadin, Home

गाैतमले ल्याइन् ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य

राष्ट्रकवि घिमिरेले गौतमले साहित्यको क्षेत्रबाट नेपालीको शिर सधैं उच्च राख्ने कार्य गरेकाे भन्दै कवियत्री गाैतमलार्इ बधार्इ दिएका छन्। कवियत्री गौतमले राष्ट्रकवि घिमिरेसँग भेट्दाका कुरालाई लघुकाव्यका रुपमा व्यक्त गरेका बताएकी छिन्। कार्यक्रममा घिमिरले कवियत्री गौतमद्वारा लिखित उक्त लघुकाव्यको पृष्ठ ४० मा उल्लेख गरिएको एक हरफ वाचन गरेर सुनाएका थिए।
पत्रकार ऋषी धमाला, राष्ट्रकवि माधव घिमिरे र पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवन बहादुर शाही।

काठमाडाैं, फागुन २२ - मानिसलार्इ सानाे-सानाे काम पनि ठुलाे सफलताकाे कारक बनिदिन्छ। यस्तै भएकाे थियाे, कवियत्री गीता भेटुवाल गौतमलार्इ। त्यसैले हाेला, उनी लेख्न पुगिन्, 'राष्ट्रकवि भेट्दा'। गाैतमकाे लघुकाव्य 'राष्ट्रकवि भेट्दा' सार्वजनिक भएको छ। 

कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य विमोचन गरिएको छ। शनिबार आयोजित कार्यक्रममा उक्त लघुकाव्यको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा बिमोचन गरेका हुन्।

कार्यक्रममा बाेल्दै मन्त्री शाहीले भने, ‘उहाँले देश छोडेर परदेशमा बस्दापनि देशको बारेमा चिन्ता गरेर कृतिहरु लेख्नु भएको रहेछ, यो कुरा थाहा पाउँदा म निकै खुशी छु।’

शाहीले कविता, साहित्य र कृतिहरु संसारभरि नै फैलिने बताउँदै कवियत्री गौतमले सात समुन्द्रपारि हुँदापनि देशको माया गरेर कृतिहरु ल्याएको देख्न पाउँदा आफू हर्षित भएको बताएका छन्।

साथै मन्त्री शाहीले कवियत्री गौतमले लेखेकाे लघुकाव्य पठनीय रहेको बताएका छन्।

राष्ट्रकवि घिमिरेले गौतमले साहित्यको क्षेत्रबाट नेपालीको शिर सधैं उच्च राख्ने कार्य गरेकाे भन्दै कवियत्री गाैतमलार्इ बधार्इ दिएका छन्। कवियत्री गौतमले राष्ट्रकवि घिमिरेसँग भेट्दाका कुरालाई लघुकाव्यका रुपमा व्यक्त गरेका बताएकी छिन्।

कार्यक्रममा घिमिरले कवियत्री गौतमद्वारा लिखित उक्त लघुकाव्यको पृष्ठ ४० मा उल्लेख गरिएको एक हरफ वाचन गरेर सुनाएका थिए।

पोथीले गर्छे चल्लाको हेरचाह

भाले चाहिँ रनबन

दुई मन मिले संसारै राम्रो

चाहिँदैन केही धन।

कवियत्रीले नेपालीपन, लोकभाका र ठेट नेपालीलाई राेचक ढंगले प्रस्तुत गरेको भन्दै आगामी दिनमा समेत यस्तै खाले कृतिहरु, साहित्य सिर्जनालाई निरन्तरता दिन गौतमलाई शुभकामना दिए।


 

More form the Internet

loading...