Suvadin, Home

जापानमा पछिल्लो आधा शताब्दीकै धेरै हिँउ

 

टोकियो (जापान), ९ मङ्सिर ।

जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो । टोकियोको आवास क्षेत्रमा झण्डै दुई इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ । 

स्थानीय टेलिभिजनले हाचिओजीको आवास क्षेत्रमा बाक्लो हिँउ जमेको, रुख र पार्कहरु सेतो पाउडरले छोपिएजस्तो देखिएका दृश्य प्रसारण गरेका छन् । रेललगायतका यातायात सेवाहरु अस्थायीरुपमा प्रभावित भएका छन् । रासस


 

More form the Internet

loading...