Suvadin, Home

बंगलादेशी निर्माताको नेपाली चलचित्र ‘समर्पण’, नेपाली निर्मातालाई टक्कर

फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रा.लि.को ब्यानरमा तयार भएको चलचित्र ‘समर्पण’ आउँदो शुक्रबारबाट देशभर रिलिज हुँदैछ। उनले नेपाली चलचित्र निर्माण गर्ने आफ्नो सपना भएको भन्दै यसलाई पूरा गर्न साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

काठमाडौं, पुस ११


बंगलादेशबाट नेपाल आएका निर्माता इमरान सिद्धिकीले नेपाली चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताएका छन्।

फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रा.लि.को ब्यानरमा तयार भएको चलचित्र ‘समर्पण’ आउँदो शुक्रबारबाट देशभर रिलिज हुँदैछ। उनले नेपाली चलचित्र निर्माण गर्ने आफ्नो सपना भएको भन्दै यसलाई पूरा गर्न साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

भदौ २४ गते रिलिज चलचित्र ‘छक्का पञ्जा’ले बक्स अफिसको रेकर्ड तोडेर हलमा सय दिन कटाएको बेला बंगलादेशी निर्माता सिद्धिकीको फिल्म चल्नु ठूलो चुनौती रहने छ।

निर्देशक बसन्त निरौलाद्वारा निर्देशित यो चलचित्रमा रोजन खनाल, रञ्जु शर्मा, रुवि शर्मा, प्रयास तामाङ, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल लगायतका कलाकारको अभिनय छ।

नेपाली चलचित्रमा बहुमुखी कलकारको आगमन भइरहेको बेला चलचित्रका  मुख्य दुई नवकलाकार रञ्जु र रुविले यो चलचित्रबाट नेपाली सिनेमामा जम्ने आशा व्यक्त गरेका छन्। टीकाराम रखाल मगरको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, संग्राम तामाङ र विश्वास लामाको नृत्य, दिव्य सुवेदी र जयकुमार दर्लामीको छायांकन छ।

युवा पुस्ताको प्रेम, वियोग र रोमान्सको कथालाई उठान गरेर चलचित्रल समर्पण निर्माण गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।


 

More form the Internet

loading...