Suvadin, Home

अब्राहम लिंकनका मननिय भनाइ पनि
को हुन्, परेश रावल?

मलाई रूख ढाल्न ६ घण्टा देउ र म पहिलो ४ घण्टा बन्चरो उदाउन लगाउनेछु।
बलिउड अभिनेता परेश रावल।

काठमाडाैं, जेठ १६– बलिउडका एक बहुप्रसिद्ध अभिनेता हुन्,परेश रावल। 

उनले लगभग हरेक शैलीका फिल्ममा अभिनय गरेका छन्। र, परेश हरेक किसिमका पात्रमा अभिनय गर्न सिपालु छन्। खलानायको भूमिका होस् कि हास्यकलाकारको। उनी सबै पात्रबाट प्रख्यात छन्। बलिउडका दर्शकका मनमा बस्न सफल छन्। परेशलाई भारत सरकारले  पद्मश्री सम्मान समेत प्रदान गरिसकेको छ । 

परेशको करियरको सुरूआत फिल्म ‘होली’ बाट भएको हो। ’हेरा फेरी’ मा निभाएको भूमिकाबाट उनी बढी चर्चित भए।   उनले हालसम्म दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन।

भारतको बलिउड सहर मुम्बैमा जन्म भएको थियो, परेशको। उनले नर्सी मून्जी कलेलेजबाट कमर्स पढे। 
उनकी पत्नी र २ बच्चा छन्। 

६६ वर्षीय परेशको जन्म १९५० मे ३० तारिखमा भएको थियो।  परेशलाई जन्मदिनको शुभकामना।

 

अब्राहम लिंकनका मननिय भनाइहरू

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो।

२. मलाई रूख ढाल्न ६ घण्टा देउ र म पहिलो ४ घण्टा बन्चरो उदाउन लगाउनेछु।

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ।

४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ।

५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं।

९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु।


 

More form the Internet

loading...