Suvadin, Home

Cover Image

अक्षयले जिते राष्ट्रिय फिल्म अवार्ड

शुक्रबार भारतको नयाँ दिल्लीमा ६४औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरिएको छ। अक्षयकुमारलाई उनको फिल्म ‘रुस्तम’का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको छ। यो फिल्म अघिल्लो वर्ष निर्माण भएको थियो। अक्षयका लागि यो पहिलो राष्ट्रिय अवार्ड हो। रुस्तमले आमिर खानको ‘दंगल’ र अमिताभ बच्चनको ‘पिंक’लाई उछिनेको हो। यी दुई फिल्मलाई पनि अवार्डको हकदार मानिएको थियो।
रूस्तमकाे एक दृष्य।

काठमाडौं, चैत २५ – शुक्रबार भारतको नयाँ दिल्लीमा ६४औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरिएको छ। अक्षयकुमारलाई उनको फिल्म ‘रुस्तम’का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको छ।

यो फिल्म अघिल्लो वर्ष निर्माण भएको थियो। अक्षयका लागि यो पहिलो राष्ट्रिय अवार्ड हो। रुस्तमले आमिर खानको ‘दंगल’ र अमिताभ बच्चनको ‘पिंक’लाई उछिनेको हो। यी दुई फिल्मलाई पनि अवार्डको हकदार मानिएको थियो।

रुस्तम नानावटी मुद्दामा वास्तविक जीवनमा आधारित फिल्म हो। अभिनेत्री सोनम कपुरलाई फिल्म ‘निरजा’का लागि विशेष सम्झना गरिएको थियो। अक्षयले यो अवार्ड पाएपछि विभिन्न कोणबाट टिका टिप्पणी भइरहेका छन्। कसैले उनलाई बधाई दिएका छन्, कसैले रुस्तम बाहेकका अन्य फिल्मले अवार्ड पाउनुपर्ने जिकिर गरेका छन्।


 

More form the Internet

loading...