कहिले गर्लान् अालिया र रणवीरले विवाह?

काठमाडाैं, २३ साउन – बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा भइरहँदा हाल अभिनेत्री अालिया भट्ट र रणवीर कपुरको विवाहको खबरले बलिउडमा उत्तिकै चर्चा पाएको छ।
फिल्म ब्रम्हास्त्रबाट बाधिएको अालिया र रणवीरको जोडी यतिबेला फिल्म सुटिङको क्रममा अमेरिकाबाट बुल्गेरिया पुगेका छन्। उनीहरूको विवाहको हल्ला फैलिरहेको बेला दुवैले अाफु प्रेममा रहेको स्वीकारेका छन् र २०२० सम्म विवाह नगर्ने योजनामा रहेको बताएका छन्।
विवाह पश्चात फिल्म खेल्नी कि नखेल्नी सन्दर्भमा अालियाले विवाह पछि कामलार्इ नछोड्ने बताउदै उनले अाफुले सकुन्जेल कामलार्इ निरन्तरता दिने बताइन।