Suvadin, Home

Cover Image

अल्लु अर्जुनले बलिउडमा रणवीर सिंहसँग डेब्यु गर्दै

फिल्म '83' इन्डियाको क्रिकेटसँग अाधारित रहेको छ।इन्डियाले १९८३ मा वेस्ट इन्डिजलार्इ पराजित गर्दै पहिलो पटक कपिल देवको कप्तानीमा विश्व कपको उपाधि जितेको थियो। त्यसैको सम्झनामा उक्त फिल्म निर्माण गरिने भएको हो।

काठमाडाैं, २२ भदाै – तलेगु फिल्मका स्टाइलिस् स्टार अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन्। तलेगुमा ब्लकबास्टर फिल्म गर्दै अाएका अल्लु अर्जुन बज्रंगी भाइजान, एक था टाइगर जस्ता हिट फिल्म निर्माण गरिसकेका निर्देशक कबिर खानको नयाँ फिल्म '83'बाट डेब्यु गर्ने भएका हुन्।

फिल्म '83' इन्डियाको क्रिकेटसँग अाधारित रहेको छ।इन्डियाले १९८३ मा वेस्ट इन्डिजलार्इ पराजित गर्दै पहिलो पटक कपिल देवको कप्तानीमा विश्व कपको उपाधि जितेको थियो। त्यसैको सम्झनामा उक्त फिल्म निर्माण गरिने भएको हो।

फिल्ममा रणवीरले कपिल देवको भूमिका निर्वाह गर्ने भएका छन्। जसको उपाधि जिताउन महत्वपूर्ण भूमिका रहेको थियो। रणवीर अाफै पनि क्रिकेट प्रति रूचि राख्छन्। उनले भने, ' म त्यति बेला जन्मेको हुँ। जतिबेला क्रिकेट ठूलो कुरा थियो। मलार्इ कबिरसाहबले फिल्म क्रिकेट सम्बन्ध हुनेछ भन्दा म धेरै खुसी भएको थिए। यो फिल्म क्रिकेटको कथा नभएर मानवको कथा हो।'


 

More form the Internet

loading...