Suvadin, Home

बलिउड अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी

बलिउड अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चेक बाउन्सको अरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो ।

एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चेक बाउन्सको अरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो ।

फिल्म निर्माता अजय कुमारले दुई करोड ५० लाख रुपैयाँ भारूको चेक बाउन्सको आरोप लगाएसँगै अदालतले अभिनेत्री पटेललाई पक्राउ गर्न आदेश दिएको छ । अदालतको आदेशपछि राँची प्रहरी अभिनेत्री पटेललाई पक्राउ गर्न मुम्बई आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले फिल्म बनाउने भन्दै साढे दुई करोड लिएका थिए ।

उनीहरूले सन् २०१८ मा फिल्म रिलिज भएपछि रकम फिर्ता गर्ने वाचा गरेका थिए । उनीहरू कहिल्यै फिल्म रिलिज गरेनन् । अभिनेत्री पटेलले मलाई तीन करोडको चेक दिएपनि त्यो बाउन्स भएको थियो,’ निर्माता अजय कुमारले भने, ‘अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले मेरो फोन उठाउन छाडेपछि ठगिएको महसुस गरेपछि उजुरी दिएको थिए ।’

सन् २०१८ मा ‘देसी म्याजिक’ फिल्म निमार्णको लागि अभिनेत्री पटेलले ऋण मागेको उनले बताए । फिल्मले व्यापार गर्न असफल भएपछि अभिनेत्री पटेलले साढे दुई करोडको चेक दिएकी थिइन् । अभिनेत्री पटेलले दिएको चेक बैंकले अस्वीकार गरेको थियो जहाँ उनले तीन करोड रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् ।

गत असारको अन्तिम साता नेपाल आएकी अभिनेत्री पटेलले पक्राउपुर्जीविरुद्ध कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिएकी अभिनेत्री पटेलद्वारा अभिनित पछिल्ला फिल्महरूले व्यापारिक सफलता पाउन सकेका छैनन् ।

यसअघि अर्की बलिउड अभिनेत्री कोइना मित्र चेक बाउन्स मुद्दामा दोषी ठहरिएकी थिइन् । मुम्बईस्थित महानगरीय मजिस्ट्रेट अदालतले उनीविरुद्धको चेक बाउन्स मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको थियो । मोडल पुनम सेथीले अभिनेत्री मित्र विरुद्ध २२ लाख रुपैयाँ भारूको चेक बाउन्स गरेको भन्दै उजुरी दिएकी थिइन् ।

अभिनेत्री मित्रले दिएको चेक बैंकले अस्वीकार गरेको थियो जहाँ उनले ४.६ लाख रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् । अदालतको सुनुवाईमा अभिनेत्री मित्रले आफ्नो चेक चोरी भएकाले ठूलो रकम तिर्न प्रयाप्त स्रोत नभएको बताएपनि अदालतले उनको भनाईलाई अस्वीकार गरेको थियो।


 

More form the Internet

loading...