Suvadin, Home

भारतीय राष्ट्रपतिद्वारा अमिताभ सम्मानित

बलिउड अभिनेता अमिताभ बच्चन,अभिनेत्री तपस्सी पन्नु तथा फिल्म प्रस्तुताकार सुजीत सरकार भारतीय राष्ट्रपति प्रणभ मुखरजीका साथ डिनर गरेका छन्। राष्ट्रपति प्रणभले सुजितद्वारा निर्देशित फिल्म पिंक हेरेर प्रभावीत भएपश्चात उनले उक्त डिनरका लागि निमन्त्रणा पठाएका थिए। उनले फिल्मका पूरै टाेलीलार्इ अामन्त्रण गरेका थिए।
राष्ट्रपति भवनमा फिल्म पिंककाे टाेली।

काठमाडाैं, फागुन १५


बलिउड अभिनेता अमिताभ बच्चन,अभिनेत्री तपस्सी पन्नु तथा फिल्म प्रस्तुताकार सुजीत सरकार भारतीय राष्ट्रपति प्रणभ मुखरजीका साथ डिनर गरेका छन्। राष्ट्रपति प्रणभले सुजितद्वारा निर्देशित फिल्म पिंक हेरेर प्रभावीत भएपश्चात उनले उक्त डिनरका लागि निमन्त्रणा पठाएका थिए। उनले फिल्मका पूरै टाेलीलार्इ अामन्त्रण गरेका थिए।

राष्ट्रपति भवनमा उनीहरूका लागि विशेष खानपिन समाराेह अायाेजना गरिएकाे थियाे। यही माैकामा राष्ट्रपति भवन पुगेका उनीहरूका साथ राष्ट्रपति प्रणभलेसँगै खाना खाएका थिए। साथै फिल्मटाेलीलार्इ सम्मानित पनि गरेका छन्।      

अभिनेता बच्चनले उनकाे ट्विटर अकाउन्टमा राष्ट्रपतिसँगकाे तस्विर सार्वजनिक गर्दै, 'राष्ट्रपतिले उक्त फिल्म मनपराएका कारण फिल्मटाेलीलार्इ डिनरका लागि अामान्त्रण गरेकाे बताएका छन्।'  

फिल्ममा अमिताभ बच्चन एक गम्भिर वकिलकाे भूमिकामा देखिएका छन्। वकिलकाे कामबाट अवकाश लिएका उनी केहि समस्यामा अल्झिएका केटिहरूका साथका लागि केश लड्छन्। फिल्म दिल्लिमा बस्ने तीनवटा युवतीमाथी केन्द्रीत छ। अात्मारक्षाका लागि फिल्ममा उनीहरूले एउटा मन्त्रीकाे भतिजालार्इ घाइते बनाउछन्। यसै कारण कानुनी झमेला परेका उनीहरूलार्इ अभिताभले सहयाेग गर्छन्।

हाल अमिताभ राम गाेपाल बर्माकाे 'सरकार -३' काे ट्रेलर लन्चमा व्यस्त छन्। साथै उनी अामिर खानसँग 'ठग्स अफ हिन्दुस्तान' काे सुटिङमा व्यस्त हुनेछन्। त्यसपश्चात उनी अायन मुखर्जीकाे ड्रेगनमा नायक रणवीर कपुर र अालीया भट्टकाे साथ नजर अाउनेछन्।  


 

More form the Internet

loading...