Suvadin, Home

Cover Image

दुलहीकाे पहिरनमा खुलिन् एमी

सन् २०१७ काे बहुप्रतिक्षित याे फिल्म मुख्य दुर्इ कारणले अहिले चर्चामा छ। भारतीय सिनेमामा अहिलेसम्मकाे उच्च लगानीमा याे फिल्म निर्माण हुँदैछ। साथै यस फिल्मबाट पहिलाेपटक अभिनेता अक्षयकुमार खलनायककाे पात्र निर्वाह गर्दै छन्। २.० साइन्स फिक्सन फिल्म हाे। एस शंकरले निर्देशन गरेकाे उक्त फिल्ममा रजनीकान्त, एमी र अक्षय मुख्य भूमिकामा छन्। अक्षय र रजनिकान्तका साथ काम गर्दा निकै खुसी देखिएकी ब्रिटिश माेडल तथा अभिनेत्री एमीले उनीहरू बाट धेरै कुरा सिक्ने माैका पाएकाे बताइन्।
अभिनेत्री एमी ज्याक्सन ।

काठमाडाैं, फागुन ११


बलिउड अभिनेता रजनीकान्तकाे फिल्म २.० की नायिका एमी ज्याक्सनकाे पहिलाे लुक सार्वजनिक भएकाे छ। सार्वजनिक लुकमा उनी दुलहीकाे रूपमा देखिएकी छिन्। उक्त लुक्समा उनी निकै राम्री देखिएकी छिन्।

सन् २०१७ काे बहुप्रतिक्षित याे फिल्म मुख्य दुर्इ कारणले अहिले चर्चामा छ। भारतीय सिनेमामा अहिलेसम्मकाे उच्च लगानीमा याे फिल्म निर्माण हुँदैछ। साथै यस फिल्मबाट पहिलाेपटक अभिनेता अक्षयकुमार खलनायककाे पात्र निर्वाह गर्दै छन्। २.० साइन्स फिक्सन फिल्म हाे। 

एस शंकरले निर्देशन गरेकाे उक्त फिल्ममा रजनीकान्त, एमी र अक्षय मुख्य भूमिकामा छन्। अक्षय र रजनिकान्तका साथ काम गर्दा निकै खुसी देखिएकी ब्रिटिश माेडल तथा अभिनेत्री एमीले उनीहरू बाट धेरै कुरा सिक्ने माैका पाएकाे बताइन्।

यसअघि एमीले दर्जनाैं तामिल फिल्म गरेकी छिन्। उनी अभिनित फिल्म 'अार्इ' ले २०१५ मा बक्स अफिसमा कमाल गरेकाे थियाे। फिल्म अक्टाेबरमा रिलिज हुने निर्माण पक्षले जनाएकाे छ। 

फिल्म २.०मा अभिनेत्री एमी ज्याक्सनकाे पहिलाे लुक।


 

More form the Internet

loading...