Suvadin, Home

१८ वर्षपछि अनिल कपुर र माधुरी एकसाथ अर्काे इतिहास रच्ने जमघटमा

कमेडी फिल्म ‘टोटल धमाल’ मा दर्कशकहरूले उनिहरूकाे मेस्ट्री देख्न सकिनेछ। उक्त फिल्मकाे सुटसङ शनिबार मुम्बईमा  सुरु भएको छ। उक्त फिल्मलार्इ इन्द्र कुमारले निर्देशन गरेका छन्।

काठमाडाैं, वैशाख २ – बलिउडका सधाबाहार नायक अनिल कपुर र नायिका माधुरी दिक्षित एकै साथ नयाँ फिल्मा देखिने भएका छन्। विभिन्न बलिउड चलचित्रमा उत्कृष्ठ प्रदर्शन गरेर ख्याती कमाएका अनिल कपुर र माधुरी करिब १८ वर्षकाे अन्तरालमा एक साथ देखा परेका छन्।

कमेडी फिल्म ‘टोटल धमाल’ मा दर्कशकहरूले उनिहरूकाे मेस्ट्री देख्न सकिनेछ। उक्त फिल्मकाे सुटसङ शनिबार मुम्बईमा  सुरु भएको छ। उक्त फिल्मलार्इ इन्द्र कुमारले निर्देशन गरेका छन्।

निर्देशक इन्द्र कुमार भन्छन्, ‘हामी तीन जना फिल्म ‘बेटा’ को २६ वर्षपछि एकसाथ काम गरिरहेका छौं। आफ्नो ब्लकबस्टर जोडीसँग दोहोर्‍याएर काम गर्न पाउँदा म अत्यन्त खुशी छु।

उनीहरु यो फिल्ममा पति–पत्नीको भूमिकामा छन्।’ अजय देवगण अशरद वारसी, जावेद जाफरी, रितेश देशमुख लगायतले पनि यो फिल्ममा अभिनय गरेका छन्। 

इन्द्र कुमार भन्छन्, ‘यो बेटाको रियूनियन जस्तै हो। मर्लाइ याद छ कि बेटा रिलिजभन्दा १ हप्ता अगाडि मात्रै हामीले धक–धक गीत सुटिङ गरेका थियौं। सेन्सर बोर्डबाट पहिल्यै सर्टिफिकेट लिइएको थियो। गीतलाई अन्तिम समयमा समावेश गरियो र यसले इतिहास रच्यो।’


 

More form the Internet

loading...