अरबाज–मलाइका : सम्बन्ध बिग्रिएकै हो त?

काठमाडौं, चैत १७ - पछिल्लो समय बलिउड हस्ती अरबाज खान र मलाइका अरोडा व्यावसायिकभन्दा पनि व्यक्तिगत जीवनलाई लिएर बढी चर्चामा छन्। उनीहरुबीच डिभोर्स भएको समाचार आयो। त्यही बीचको एक अर्को समाचारले त अरबाजलाई निक्कै अप्ठेरोमा पार्यो।
उनी एउटी सुन्दर युवतीसँग ‘डेट’मा थिए। बकाइदा तस्बिर नै प्रकाशित भएपछि उनलाई बचाउका लागि अनेक शब्द खर्चिनुपर्यो। अरबाजले त्यो डेटिङका बारेमा यत्ति मात्रै भने, ‘उनी मेरो नजिकको साथी मात्र हुन्।’ तर, बलिउडकर्मीहरु अहिले पनि अरबाजको कुरा पत्याउने मुडमा छैनन्।
यही बीचमा अरबाजले अर्को सत्य कुरा भने खुस्काएका छन्। एउटा अखबारलाई अन्तर्वार्ता दिँदै उनले डेटिङको कुरा स्वीकारेका हुन्। तर, ‘रिलेसनसिप’ अस्वीकार गरे। त्यो अलि टाढाको कुरा भएको बताए। ‘हो उनको नाम अलेक्जेंड्रिया हो। रोमानियामा घर छ। उ मेरो राम्रो साथी हो । ऊ सँग म डेटिङ गरिरहको छु। तर, रिलेशनसिपमा छैन। यसो गर्न केही समय लाग्ला,’ अरबाजले भनेका छन्।