Suvadin, Home
Nepal life 2.266M

दर्शकले ‘सुनकेसरी’ फिल्मको कथा नै नबुझेको गुनासो गरे

प्रदर्शनको पाँच दिनमा ‘सुनकेसरी’ ले घरेलु बजारमा करोडमाथि कलेक्सन गरेको थियो। करोड क्लबमा प्रवेश गरेको भन्दै अभिनेत्री तथा निर्माता ऋचा शर्माले केक समेत काटिन्। तर, हरर फिल्म भनेर हल पसेका दर्शक हाँस्दै फर्किएपछि फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको थियो। यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति जनाएको उक्त फिल्म रिलिजको ६ महिनामै युट्युबमा आएको छ। पाँच दिन अगाडि युट्युब रिलिज भएको ‘सुनकेसरी’ यो समाचार तयार पार्दासम्म २ लाख ७६ हजार भन्दा बढीले हेरिसकेका छन्। अन्य फिल्मको तुलनामा उक्त फिल्म हेर्ने दर्शक निकै कम हुन्।

काठमाडाैं, १५ कात्तिक – प्रदर्शनको पाँच दिनमा ‘सुनकेसरी’ ले घरेलु बजारमा करोडमाथि कलेक्सन गरेको थियो। करोड क्लबमा प्रवेश गरेको भन्दै अभिनेत्री तथा निर्माता ऋचा शर्माले केक समेत काटिन्। तर, हरर फिल्म भनेर हल पसेका दर्शक हाँस्दै फर्किएपछि फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको थियो।

यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति जनाएको उक्त फिल्म रिलिजको ६ महिनामै युट्युबमा आएको छ। पाँच दिन अगाडि युट्युब रिलिज भएको ‘सुनकेसरी’ यो समाचार तयार पार्दासम्म २ लाख ७६ हजार भन्दा बढीले हेरिसकेका छन्। अन्य फिल्मको तुलनामा उक्त फिल्म हेर्ने दर्शक निकै कम हुन्।

प्रायः नेपाली फिल्म हलमा फ्लप भएपनि युट्युबमा सुपरहिट हुन्छन्। तर, ‘सुनकेसरी’ ले युट्युबमा समेत राम्रो दर्शक कमाउन सकेको छैन। अधिकांशले कथा नै नबुझेको प्रतिक्रिया दिएका छन्। ऋचा र रबिन्द्र झाको अभिनयको प्रशंसा गर्ने धेरै छन्।

साढे दुई हजारले लाइक्स गरेको फिल्ममा ५ सय ३० भन्दा बढीले कमेन्ट गरेका छन्। केहीले दोस्रो भागको प्रतिक्षा गरेको लेखेका छन् भने कथामा मिहिनेत नपुगेको लेख्नेहरु पनि प्रसस्त छन्। पिक्चर क्वालिटी, ब्याकग्राउण्ड स्कोर, छायांकन पक्षको मुक्तकण्ठले प्रशंसा गर्ने पनि छन्। फिल्मलाई युट्युबमा सुझाब र प्रश्नवाचन कमेन्ट बढी प्राप्त छ।

निर्माता ऋचाले फिल्म रिलिजको अघिल्लो दिन दोस्रो पार्ट पनि निर्माण गर्ने घोषणा गरेकी थिइन्। फिल्म बक्सअफिसमा असफल भएपछि उनको बोली गफैमा सीमित हुने सम्भावना देखिएको छ। ‘सुनकेसरी’ का निर्देशक अर्पण थापा हुन्। सिक्वेल पनि उनले नै निर्देशन गर्ने उद्घोष गरिएको थियो।

 


 

More form the Internet

loading...