Suvadin, Home

Cover Image

अायुष्मानलार्इ अवसरै-अवसर

यतिबेला बलिउडमा युवा अभिनेता आयुष्मान खुरानालार्इ लट्ररी लागेकाे छ। बलिउडमा संघर्षरत यी अभिनेताले एकपछि अर्काे गर्दै ठुला निर्देशक तथा निर्माताहरूसँग काम गर्ने अवसर पाइरहेका छन्। पछिल्लाे समय चर्चित भारतीय निर्देशक श्रीराम राघवनकाे नयाँ प्राेजेक्टमा जाेडिने खबरले अायुष्मान गदगद् छन्। अभिनेत्री तब्बुलार्इ राघवनले यसअघि नै उक्त फिल्मका लागि ग्रिन सिंग्नल दिइसकेका छन्।
अभिनेता अायुष्मान खुराना ।

काठमाडाैं, फागुन १०


यतिबेला बलिउडमा युवा अभिनेता आयुष्मान खुरानालार्इ लट्ररी लागेकाे छ। बलिउडमा संघर्षरत यी अभिनेताले एकपछि अर्काे गर्दै ठुला निर्देशक तथा निर्माताहरूसँग काम गर्ने अवसर पाइरहेका छन्।

पछिल्लाे समय चर्चित भारतीय निर्देशक श्रीराम राघवनकाे नयाँ प्राेजेक्टमा जाेडिने खबरले अायुष्मान गदगद् छन्। अभिनेत्री तब्बुलार्इ राघवनले यसअघि नै उक्त फिल्मका लागि ग्रिन सिंग्नल दिइसकेका छन्।

राघवनले बनाउने भनिएकाे थ्रिलर फिल्ममा तब्बुका साथ अायुष्मानलार्इ राेमान्स गरिरहेकाे देखिने भएकाे हाे। निर्देशक राघवनले बरूण धवन र हर्षवर्द्धन कपुरलार्इ लत्याउँदै अायुष्मानलार्इ फिल्मका लागि छानेका हुन्। बद्लापुर फिल्ममा बरूणलार्इ कास्ट गरेका राधवनले उनलार्इ अाफ्नाे नयाँ फिल्ममा लिन नचाहेकाे खबर सार्वजनिक भएकाे थियाे।

हर्षवर्द्धनकाे पछिल्लाे फिल्म मिर्जियाले सफलता पाउन नसकेपछि निर्देशकका नजरमा उनी पनि परेनन् र त्यसकाे फाइदा अायुष्मानलार्इ भयाे। यसअघि राेमान्टिक र कमेडी फिल्ममा सीमित अायुष्मान पहिलाे पटक फिल्ममार्फत थ्रिलर सिनेमामा अाउँदै छन्।

त्यही भएर याे फिल्म उनकाे करियरकाे महत्वपूर्ण फिल्म हुने उनले बताएका छन्। राघवनले निर्माण गर्ने भनिएकाे उक्त थ्रिलर फिल्मकाे नाम सार्वजनिक गरिएकाे छैन।


 

More form the Internet

loading...