Suvadin, Home

मुसलमान शरणार्थी र क्रिश्चियन पुलिसकाे प्रेम कथा

प्रेमका निम्ति लड्ने, मर्ने र मार्नेको सिलसिला युगाैंदेखि कायम छ। प्रेममा नाम कमाएका जोडीहरू धेरै छन्। लैलामज्नु, रोमियो–जुलियट, हिरराञ्जा केही चर्चित जोडी हुन्। प्रेमका अनौठा इतिहास हामी सुन्ने गर्छाैं। माया कहीँ पनि, कुनै समय हुन सक्छ भन्ने गरिन्छ। यस्तै एक जोडी अहिले चर्चामा छन्। एउटा इराकी मुसलमान शरणार्थी केटी र क्रिश्चियन म्यासेडोनियन बोर्डर पुलिसको कहानी हो यो।
नुरा र बबी।

काठमाडौं, पुस २३


प्रेमका निम्ति लड्ने, मर्ने र मार्नेको सिलसिला युगाैंदेखि कायम छ। प्रेममा नाम कमाएका जोडीहरू धेरै छन्। लैलामज्नु, रोमियो–जुलियट, हिरराञ्जा केही चर्चित जोडी हुन्। 

प्रेमका अनौठा इतिहास हामी सुन्ने गर्छाैं। माया कहीँ पनि, कुनै समय हुन सक्छ भन्ने गरिन्छ। यस्तै एक जोडी अहिले चर्चामा छन्। एउटा इराकी मुसलमान शरणार्थी केटी र क्रिश्चियन म्यासेडोनियन बोर्डर पुलिसको कहानी हो यो। उनीहरू भन्छन्, ‘पहिलो नजरमै माया बसेको थियो।’

मुसलमान शरणार्थी र क्रिश्चियन पुलिस

बीस वर्षिया नुरा अर्काभाजी र उनको परिवार, बुवा–आमा, कान्छो भाइ र कान्छी बहिनी एक दिन सर्बियन बोर्डर पुग्छन्। नुरा अर्काभाजी भन्छिन्, ‘सर्बियामा जारी आइएस आतंकवादी र इराकी गठबन्धनबीचको लडाइँबाट भाग्न हामी आफ्नो घर दियाला, इराक छोडेर महिनौंअघि युरोप लाग्यौं, हामी अरू शरणार्थीझैँ यात्रा गिररहेका थियौँ। त्यो दिन सर्बियन बोर्डर पुग्दा बबी डोभेसकी मात्र एक अफिसर थिए, जो अंग्रेजी बोल्थे।’

उनीहरू भन्छन्, ‘पहिले मुठभेडमै माया बस्यो र हामीले जुलाईमा बिहे गर्याैं।’ उनीहरू अहिले कुमानोभो, म्यासेडोनियनमा बस्छन्।

नुरा र बबीको भेट भएको अर्काे महिनापश्चात नुराको परिवार जर्मन गए। त्यहाँ नुराको परिवारले शरण खोजे। तर, नुरा भने बबीसँग  म्यासेडोनिय बसिन्। धेरै भाषा बोल्ने नुरा अहिले रेडक्रसका लागि काम गर्छिन्।

पन्ध्र वर्षबाट पुलिस अफिसर रहेका बबीले पछिल्लो वर्ष बहुसंख्यक शरणार्थी बसेको बोर्डरमा काम गरेका थिए। अंग्रेजी भाषामा कुराकानी गर्न सक्ने भएकाले धेरै शरणार्थीलाई मद्दत पुग्यो। बबी व्यावसायिक नर्तकी भएका कारण उनले अंग्रेजी बोल्न सिके। उनको डान्स ग्रुपले विश्व भ्रमण गरेको छ।  

नयाँ प्रेम, नयाँ जिन्दगी

नुरा भन्छिन्, ‘म्यासेडोनियमा सजिलोसँग घुलमिल भइरहेको छु। यहाको मान्छे, देश, सहरले मलाई शरणार्थीजस्तो महसुस गराएको छैन।’ नुराको परिवार र त्यहाँको समाजले नुरा र बबीको बिहे स्वीकारेको छ’।

बबी भन्छन्, ‘म्यासेडोनियमा परम्परा र धर्मको मिश्रण छ। मेरो धेरै मुसलमान साथी छन् र हामी रमजान मनाउछौँ।’

नुरा भन्छिन्, ‘उनी इराकको  विविध समुदायमा हुर्केको हो। मेरो परिवार क्रिश्चियन समुदायमा हुर्केको हो, हामी खुला विचार राख्छौँ। पहिले उनको परिवारले संकोच मानेको थियो तर जब उनको परिवारले दुई जनाबीचको प्रेम बुझे।’ 

बबीको भने नुराभन्दा पहिले दुईपटक विवाह भइसकेको छ। तर मानिसहरू बबीको बिहे अर्काे सय वर्षसम्म हुँदैन भन्थे। तर, त्यसको केही महिनामा उनको बिहे नुरासँग भयो। नुरालाई प्रस्ताव गरेको दिन बबीले नुराको नामको ट्याटु हानेका छन्। केही दिनपश्चात् नुराले पनि बबीसँग मिल्दो  ट्याटु खोपेकी छन्। एजेन्सीको सहयोगमा
 


 

More form the Internet

loading...