कारोना रोकथाम कोषमा बद्री पंगेनीको ५० हजार सहयोग

काठमाडौ । लोक दोहारी गायक बद्री पंगेनीले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
धापासीस्थित निवासमा लकडाउनको अवस्थामा समय बिताइरहेका पंगेनीले राष्ट्रिय बाणिज्य बैंकमार्फत उक्त कोषमा रकम दाखिला गरेका हुन् । कोरोना रोकथामका लागि सरकारले थालेको तदारुपतामा थोरै भए पनि सहयोग होस् भन्नका लागि रकम जम्मा गरेको उनले बताए ।