Suvadin, Home

तारुकामा गोरु जुधाईको ऐतिहासिक सन्दर्भ
यसपालि २० हल गोरु जुध्ने

तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको त्यहाँका बुढापाका बताउँछन्।

काठमाडौं,१ माघ-नेपाल एकिकरण हुनुपूर्व नै नुवाकोट, धादिङ र रसुवामा  गोरु जुधाउने प्रतियोगिता हुँदै आएको थियो।विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसँग जोडिएको छ।

तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको त्यहाँका बुढापाका बताउँछन्।

बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिको दिन यस्तो कार्यक्रमको आयोजना भएको बुढापाकाहरुको भनाई छ। 

गोरु जुधाउने प्रतियोगिता तत्कालीन समयमा मनोरन्जन दिनकै लागि शुरुवाति गरेको पाइन्छ। कृषिका सबै काम सकिएपछि विशेष चाड पर्वको अवसर पारेर रमाइलो गर्न थालिएको इतिहास छ।

कृषि कर्म सकेपछि किसानहरुले बलियो गोरु जुधाएर मनोरन्जनसंगै आफ्नो सोख देखाउन समेत यस्ता प्रतियोगिता भएको पाइन्छ। गोरु जुधाएको इतिहासको निरन्तरता केही समय अवरुद्ध समेत भएको थियो।

तर २०६० को दशक पछि स्थानीय यूवाको सक्रियतामा तारुकामा गोरु जुधाउने प्रतियोगिता पुनः संचालन हुन थालेको हो। यस अघि जिल्लाका विभिन्न स्थानमा खेलाउने गरिए पनि आकर्षणकै रुपमा यसको प्रचार प्रचार, प्रवद्र्धन एवं संरक्षण सम्वद्र्धन गर्न भन्दै युवाहरुले तारुकामा प्रतियोगिता गर्नथालेको स्थानीय अगुवा यूवा बताउँछन्। 

माघी पर्वको अवसर पारेर नुवाकोटमा गोरु जुधाई प्रतियोगिता वर्षेनी हुने गर्दछ। स्थानीय किसानका बलिया गोरुहरुबीच घम्साघम्सी गराइन्छ। गाउँभरि बलिया गोरुहरुको बीचमा प्रतिस्पर्धा गराइन्छ अनि पुरस्कार समेत दिने गरिन्छ।

माघे संक्रान्तिको दिन तारुकामा तारुकाको पौरख नेपालको गौरव भन्ने नारासहित तारुकाको कटहरबोटस्थित बारी पाटामा गोरुहरुलाई जुधाइन्छ ।

गोरु जुधाई प्रतियोगितामा किसानहरुले दर्ता गरि गोरु लडाउछन्। यस वर्षको माघे संक्रान्तिका दिन २० हल गोरु जुधाउने गरिएको छ। यस वर्षको गोरु जुधाई तारुकाको कटहरबोटस्थित बारी पाटामा गरिएको छ। 

तत्कालीन समययतादेखि तारुकामा किसानले माघे सक्रान्ति पर्वको अवसर पारेर बलिया र अजंगका गोरु जुधाउदै आएका छन्। तारुकामा करिब एक सय पचास वर्ष भन्दा बढी लामो समयदेखि गोरुको बीचमा घम्साघम्सी गराइदै आइएको छ।  

शताब्दीदेखि खेलाइदै आएको गोरु जुधाई प्रतियोगिता पछिल्लो समय सबैको आकर्षण बढ्दै गएको छ। स्थानीय यूवाहरुको जोश र जाँगरले पुर्नसञ्चालनमा आएको खेल विशेषतः कृषिमा आधारित छ

 व्यवसायिक खेलको रुपमा विकास गर्न सुरक्षासंगै यहाँसम्म पुग्न सकिने पहूँचमा सुधार ल्याउनु आवश्यक छ। यूवाहरुले थालेको अभियानलाई सार्थक बनाउन स्थानीय जनप्रतिनिधिहरुले विशेष ध्यान दिने बताएका छन्।


 

More form the Internet

loading...