Suvadin, Home

भजन शिरोमणिलार्इ जन्माेत्सवकाे शुभकामना
भक्तराज अाचार्यः सांघातिक अाक्रमणमा परेपछि ताेडिएका हजार सपनाहरू!

नेपाली संगीतमा एकपछि अर्काे गर्दै चर्चित गीत प्रस्तुत गरिरहेका भक्तराज अाचार्यमाथि वि.सं. २०४६ सालमा सांघातिक अाक्रमण भयाे। काठमाडाैंमा बौद्ध भएकाे अाक्रमणबाट अाचार्यकाे स्वास्थ्य निकै गम्भीर भयाे। अाचार्यकाे टाउकाेमा एक सयभन्दा धेरै टाँका लगाउनु परेकाे थियाे। उक्त घटनापछि उनकाे सांगीतिक जीवन समाप्त भयाे।
भजन शिराेमणि भक्तराज अाचार्य।

काठमाडाैं, असाेज १६ – अहिलेकाे पुस्ताका सर्वाधिक चर्चित गायक प्रमाेद खरेलले साेमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर राखेर लेखे, 'कालजयी आवाज एउटा महान आवाज। शुभ जन्मदिन। भजन शिरोमणि (यद्यपि यो उपाधि नै अपुरो छ) आदरणीय भक्तराज आचार्यज्यू।'

हाे, नेपाली सांगीतिक अाकाशका सदाबहार साधक भक्तराज आचार्यकाे जन्माेत्सवका अवसरमा नेपाली कलाकर्मीहरुले उनप्रति यसरी नै सम्मान र शुभकामना अर्पण गरेका छन्।

वि.सं. १९९९ साल असाेज १६ गते धनकुटा जिल्लामा पिता बलभद्र आचार्य र माता रेणु आचार्यका सुपुत्रका रुपमा भक्तराज अाचार्यकाे जन्म भएकाे हाे। भजन शिरोमणि उपमाबाट सम्मानित अाचार्यले पार्श्व गायनमा १६ वर्ष बिताए। डेढ दशकमा संगीतयात्रामा अाचार्यले दर्जनाैं कालजयी सिर्जना पस्किन सफल भए।

संघर्षपूर्ण बाल्यकाल

डेढ वर्षकाे हुँदा बुवा बलभद्र अाचार्यलार्इ गुमाउन पुगेका भक्तराज महामारीले गाउँ नै साेत्तर भएपछि आमा रेणुसँगै भारत गए। करिब ३ दशक दार्जीलिङस्थित डुबर्समा बिताएका अाचार्य आमा रेणुकाे स्वास्थ्य प्रतिकूल हुँदै गएपछि पारिवारिक जिम्मेवारी बहन गर्न पुगे। 

पारिवारिक जिम्मेवारीले थिचेपनि अाचार्यले संगीत साधनालार्इ निरन्तरता दिइरहे। 'संगीत प्रभाकर' सम्मकाे अध्ययन पूरा गरेका अाचार्यले वि.सं. २०३० सालपछि सांगीतिक क्षेत्रमा पाइला अघि बढाउन थाले। अाचार्यका दुर्इ छाेरा सत्यराज र स्वरुपराज पनि नेपाली सांगीतिक क्षेत्रमै सक्रिय छन्।

अाचार्यले वि.सं. २०३० देखि २०४६ सालसम्ममा चार सय ५० वटाभन्दा धेरै गीत रेकर्ड गरे। गायन त अाचार्यकाे दमदार थियाे नै, रचना पनि उनी अाफैँ गर्थे। उनले कयाैं भजन, आधुनिक गीत, गजल, राष्ट्रियगीत, बालगीत गाएका छन्।

१६ वर्षमा साढे चार सय गीत

वि.सं. २०३० सालमा काठमाडौंमा सम्पन्न 'राष्ट्रिय गीत प्रतियोगिता'मा अाचार्यले 'होसियार यसबखत समयको मुखलाई चिन' गीत गाए। अाचार्यकाे याे गीत नै प्रथम भयो।

प्रथम पुरस्कार स्वर्ण पदक थियाे। संगीतकार तथा रचनाकार अम्बर गुरुङले स्वर्ण पदक नै प्राप्त गरे। भक्तराजले प्रतियोगितामा स्वर्ण जितेपछि रेडियो नेपालमा राेजगारी पनि पाए।

अाचार्यले वि.सं. २०३० देखि २०४६ सालसम्ममा चार सय ५० वटाभन्दा धेरै गीत रेकर्ड गरे। गायन त अाचार्यकाे दमदार थियाे नै, रचना पनि उनी अाफैँ गर्थे। उनले कयाैं भजन, आधुनिक गीत, गजल, राष्ट्रियगीत, बालगीत गाएका छन्। फिल्मका लागि पार्श्र्व गायन पनि अाचार्यले गरेका छन्। 

अाचार्यमाथि अाक्रमण

नेपाली संगीतमा एकपछि अर्काे गर्दै चर्चित गीत प्रस्तुत गरिरहेका भक्तराज अाचार्यमाथि वि.सं. २०४६ सालमा सांघातिक अाक्रमण भयाे। काठमाडाैंमा बौद्ध भएकाे अाक्रमणबाट अाचार्यकाे स्वास्थ्य निकै गम्भीर भयाे। अाचार्यकाे टाउकाेमा एक सयभन्दा धेरै टाँका लगाउनु परेकाे थियाे। उक्त घटनापछि उनकाे सांगीतिक जीवन समाप्त भयाे।

उपाधि र सम्मान

भक्तराज अाचार्यलार्इ भजन शिरोमणिका नामले सम्मान र सम्बाेधन गरिन्छ। तर, गायक प्रमाेद खरेलले भनेझैं अाचार्यका लागि यो उपाधि नै अपुरो हुन्छ।

अाचार्यले गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो) अादि पदक प्राप्त गरेका छन्। वीरेन्द्र-ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित भइसकेका छन्। अन्य दर्जनाैं लाइफटाइम एचिभमेन्ट अवार्ड पनि प्राप्त गरेका छन्।

यी हुन् चर्चित गीत
साढे ४ सयभन्दा धेरै गीतिश्रृजना गरेका अाचार्यका प्रायः सबै गीत कर्णप्रिय छन्। हजार सपनाहरुको माया लागेर आउँछ, जति चोट दिन्छौँ देऊ मायालु, हजार आँखा हेर्ने मेरी मायालुलाई, सबै बेहोसी नशा पिएर बिना पिएरै बेहाेस छु म, जीवन भनुँ त घात छ अादि उनका चर्चित गीत हुन्।

मुटु जलिरहेछ यो मन गलिरहेछ, सबैबाट तिरस्कृत भएर पनि म, यो कथा शुरू गरेर कहाँ अन्त्य गर्नु मैले, भुल्नै सकिन त्यो क्षण मिलनको लगायतका गीत त उदाहरण मात्रै हुन्।

अाचार्यका सबै गीत उत्तिकै श्रुतिमधुर छन्। भक्तराज अाचार्यकाे जीवनीमा अाधारित फिल्म 'अाचार्य' पनि निर्माण गरिएकाे छ।


 

More form the Internet

loading...