Suvadin, Home
Nepal life 1.761M

वरिष्ठ हास्यकलाकार भीमबहादुर थापाको निधन, नेपाली कलाकर्मी स्तब्ध

ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडेको इतिहास बोकेका नेपाली चलचित्र जगतका वरिष्ठ हास्यकलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ। वि.सं १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले एक सय ६० वटा टेलिचलचित्र र ९० वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।
भीमबहादुर थापा।

काठमाडाैं ३० जेठ – ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडेको इतिहास बोकेका नेपाली चलचित्र जगतका वरिष्ठ हास्यकलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ।

वि.सं १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले एक सय ६० वटा टेलिचलचित्र र ९० वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

थापाको निधनले नेपाली कला क्षेत्र स्तब्ध भएको छ। कलाकारहरूले सामाजिक सञ्जालमामार्फत श्रद्धाञ्जली दिइरहेका छन्।

'आदरणीय कलाकार भीमबहादुर थापा बुबा अब हामीबीच रहनु भएन। आज राति उहाँको निधन भएको छ। उहँको अन्तिम दर्शन गर्न चाहने महानुभावहरूले आज१० बजे देखि १२ बजेसम्म आर्यघाट पाल्नु हुन हार्दिक अनुरोध गर्दछु।'

कलाकार दीपाश्री निराैलाले लेखेकी छिन्, 'आदरणीय कलाकार भीमबहादुर थापा बुबा अब हामीबीच रहनु भएन। आज राति उहाँको निधन भएको छ। उहँको अन्तिम दर्शन गर्न चाहने महानुभावहरूले आज१० बजे देखि १२ बजेसम्म आर्यघाट पाल्नु हुन हार्दिक अनुरोध गर्दछु।'

'वरिष्ठ कलाकार भीमबहादुर बुवा हामीबीच रहनु भएन। राति करिब २ बजे उहाँको निधनको खबरले अत्यन्तै दुखी छु, बुवाको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदाञ्जलि व्यक्त गर्दछु।'

त्यसैगरी, कलाकार जितु नेपालले लेखेका छन्, 'वरिष्ठ कलाकार भीमबहादुर बुवा हामीबीच रहनु भएन। राति करिब २ बजे उहाँको निधन भएको खबरले अत्यन्तै दुखी छु, बुवाको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदाञ्जलि व्यक्त गर्दछु।'

लेखक तथा कलाकार दिपक अाचार्यले लेखेका छन्, 'कलाकारिता जगतका जिउँदो इतिहास कलाकार भीमबहादुर थापाप्रति हार्दिक श्रद्धाञ्जलि।'


 

More form the Internet

loading...