Suvadin, Home

‘संगीत मेरो प्यासन हो’
सांगीतिक क्षेत्रमा संघर्षरत भीमा

गीत संगीत एक साधना हो। संगीत रुचीले मात्र सम्भव हुने क्षेत्र होइन। यसका लागि मनमस्तिस्कसँगै आफूमा कला र गला दुवै चाहिन्छ। अनि इच्छा शक्ति। संगीतमा संघर्षरत कला र गलाकी धनी हुन्, भीमा पुन। 
गायिका भीमा पुन।

काठमाडौं, असोज ८– गीत संगीत एक साधना हो। संगीत रुचीले मात्र सम्भव हुने क्षेत्र होइन। यसका लागि मनमस्तिस्कसँगै आफूमा कला र गला दुवै चाहिन्छ। अनि इच्छा शक्ति। संगीतमा संघर्षरत कला र गलाकी धनी हुन्, भीमा पुन। 

भीमा विगत १ वर्षदेखि सांगीतिक क्षेत्रमा छिन्। ‘संगीत मेरो प्यासनको क्षेत्रमा हो,’ नव आगन्तुक गायिका पुनले भनिन्।  सञ्चारकर्मीसमेत रहेकी पुनले हालसम्म ९ वटा गीतमा स्वर भरिसकेकी छन्। उनको पहिलो गीत ‘दुख्छ मुटु पीडा नै पीडा पाएको छु’ हो। जसमा भीमालाई टंक तिमिल्सेनाले साथ दिएका छन्। 

उनको बाल्यकाल बाँकेको कञ्चनापुर– ५ मा वित्यो। उनले घर नजिकैको जयदुर्गा माविमा कक्षा ५ सम्मको अध्ययन पूरा गरिन्। उनलाई अझै याद छ, जयदुर्गा स्कुलमा ४ कक्षामा पढ्दै गर्दा स्कूलमा भएको नृत्यमा भाग लिँदा द्वितीय भएको।’

भीमा घरको दोस्रो सन्तान हुन्। जेठी दिदी र कान्छो भाइ। पढ्ने क्रममा उनी कक्षा ६ मा भर्ना हुन लक्ष्मी उच्च माविमा पुिगन्। लक्ष्मीमा उनल प्ल्स टूसम्मको अध्ययन गरिन्। बुबाआमा कृषि पेशामा संलग्न भए पनि उनको लालनपालन राम्रै बित्यो।

पुन सम्झिदै भन्छिन, ‘स्कूलमा हुने कार्यक्रमका स्वागत गीत गाउने गर्थे।  सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्थे।’ उनी गाउँ घरमा हुने कार्यक्रममा गीत गाउने गर्थिन्। 

भीमा सञ्चारकर्मी पनि हुन्। भेरी आवाज एफएमबाट रेडियो पत्रकारिता शुरु गरेृकी भीमा अहिले  कृष्णसार एफएममा कार्यरत छिन्।   संगीत क्षेत्रमा प्रवेश गर्दा त्यति अफ्ठयारो नपरेको बताउने  भीमाले आफ्ना जीवन र सांगीतिक क्षेत्रमा विताउने अठोट राखेकी छन्। 

गायन क्षेत्र आफ्नो प्यासन रहेको बताउने भीमाको पछिल्लो तीजको गीत ‘मुद्दा हाल्दिन्छु शिवजीलाई’ हो।  झ्याउरे गीत बजारमा आउने तयारी रहेको उनले सुनाइन्। 
 

 

 

 


 

More form the Internet

loading...