Suvadin, Home

भारतीय निर्देशकले नेपाली फिल्म निर्देशन गर्ने

बलिउडका चर्चित फिल्महरूकाे निर्देशन गरिसकेका निर्देशक विवेक शर्माले नेपाली फिल्मकाे निर्देशन गर्ने भएका छन्। बलिउडका भुतनाथ, कल किसने देखा, लभ यु हमेसा तथा अशाेका जस्ता फिल्महरूकाे निर्देशन गरिसकेका शर्माले 'मेरो पैसा खोई' नामक नेपाली चलचित्रबाट कलिउडमा डेब्यु गर्न लागेका हुन्।
मेरो पैसा खोइको छायांकन उद्घाटन गरिँदै।

काठमाडाैं, माघ २६


बलिउडमा चर्चित फिल्महरूकाे निर्देशन गरिसकेका निर्देशक विवेक शर्माले नेपाली फिल्मकाे निर्देशन गर्ने भएका छन्। बलिउडका भुतनाथ, कल किसने देखा, लभ यु हमेसा तथा अशाेका जस्ता फिल्महरूकाे निर्देशन गरिसकेका शर्माले 'मेरो पैसा खोई' नामक नेपाली चलचित्रबाट कलिउडमा डेब्यु गर्न लागेका हुन्।

चलचित्रकाे मंगलबारबाट छायांकन प्रारम्भ भएकाे छ। चलचित्रमा साैगात मल्ल, छुल्ठिम गुरूङ, बर्षा राउत, सागर तिवारी, सम्पन्न श्रेष्ठ, कमलमणी नेपाल, बुद्धी तमाङ, प्रमोद अग्रहरी, रविन तामाङ लगायतका कलाकारहरू रहेकाे निर्माण पक्षले जनाएकाे छ। 

छायांकन शुभारम्भमा प्रतिक्रिया दिदै निर्देशक शर्माले चलचित्रमा बलिउड कलाकारद्धय जुही चावला र राजपाल यादवको विशेष भूमिका रहने बताए। उनीहरूले फिल्म कस्ताे भूमिका निर्वाह गर्नेबारे निर्माण पक्षले केही खुलाएकाे छैन।

निर्देशक शर्माले भुतनाथमा अमिताभ बच्चन, अशाेकामा शाहरूख खान लगायत कलाकारसँग बलिउडमा काम गरेका थिए। रोज राणाले निर्माण गर्ने यो फिल्ममा चन्द्र पन्तको द्धन्द तथा बसन्त सापकोटाको संगीत रहेकाे छ।


 

More form the Internet

loading...